दाङ। समाज कल्याण केन्द्र नेपालको आयोजनामा महिला प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। सामाजिक क्षेत्रमा सक्रिय समाज कल्याण केन्द्रले घोराही उपमहानगरपालिका–१३ स्थित शुभ विहानी टोलमा उक्त कार्यक्रम आयोजना गरेको हो।
केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले सहजीकरण गर्नुभएको थियो। सहभागी महिलालाई प्रजनन स्वास्थ्यको महत्त्व, सुरक्षित मातृत्व, परिवार नियोजन र किशोरी स्वास्थ्यसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।
समाजमा विद्यमान भ्रम र गलत धारणा तोड्दै वैज्ञानिक तथा व्यवहारिक जानकारीमार्फत महिलालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गौतमले बताउनुभयो।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी शुशिला पौडेल, स्वास्थ्य स्वयंसेविका नगर अध्यक्ष बिना खनाल, टोल विकास समितिका पदाधिकारी, आमा समूहका सदस्य, स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
