• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आकाश आचार्य र अस्मिता अधिकारीको सुमधुर स्वरमा “मायाका मिठा कुरा” सार्वजनिक




काठमाडौं। संगीत यात्रामा आफ्नो अलग पहिचान बनाउन संघर्षरत उदीयमान गायक आकाश आचार्यको स्वरमा सजिएको नयाँ गीत “मायाका मिठा कुरा” सार्वजनिक भएको छ। प्रतिभाशाली गायिका अस्मिता अधिकारी सँगको युगल गायनमा तयार भएको यो गीत मार्फत आकाशले फेरि एकपटक आफ्नो गायन क्षमतालाई प्रमाणित गरेका छन्।

उज्ज्वल सागरको संगीत र विश्व अधिकारीको एरेञ्जमा तयार भएको गीतमा आकाश आचार्य स्वयंले मुख्य अभिनय पनि गरेका छन्। मिशेल घिमिरे सँगको रोमान्टिक केमेस्ट्रीले भिडियोलाई झनै आकर्षक बनाएको छ।

गीतको निर्देशन चर्चित निर्देशक निर्मल पौडेलले गरेका हुन्, जसको “बालखैमा दिल बस्यो” (गौथली) जस्ता हिट गीतहरूले नेपाली संगीत बजारमा राम्रो छाप छोडेका छन्।

गायक आकाश आचार्यले यसअघि पनि केही गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले दर्शकको राम्रो प्रतिक्रिया पाएका छन्। संगीतप्रति गहिरो मोह राख्ने आकाशले गुरु कामक सँग औपचारिक संगीत प्रशिक्षण लिएका हुन्। व्यवसायसँगै संगीतलाई पनि जीवनको महत्वपूर्ण हिस्सा बनाउँदै, उनले गायन क्षेत्रमा दीर्घकालीन यात्राको लक्ष्य लिएका छन्।

“मायाका मिठा कुरा” मा प्रेमी–प्रेमिकाबीचको रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। भिडियोको छायांकन विवेक खड्काले गरेका हुन् भने सम्पादन भिम विश्वकर्माले गरेका छन्। निरज पौडेलको पब्लिसिटी डिजाइन रहेको यस गीतलाई निर्मात्री सपना बजगाईंले निर्माण गरेकी हुन्।

गोदावरी, कीर्तिपुर लगायतका सुन्दर स्थलहरूमा छायांकन गरिएको गीत घाम्किरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

संगीतमा समर्पित गायक आकाश आचार्यको यो नयाँ प्रस्तुति संगीतप्रेमीहरुका लागि अवश्य नै नयाँ स्वाद बन्ने अपेक्षा गरिएको छ।

Facebook Comments