• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाका अध्यक्षद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान




तुलबहादुर कँवर मगर
मसुरिया। दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरु पूर्णिमाको अवसरमा आफ्ना पुराना गुरुहरूलाई घरमै पुगेर सम्मान गर्नुभएको छ।

अध्यक्ष विष्टले बाल्यकालदेखि माध्यमिक तहसम्म शिक्षादान गर्नुभएका गुरुहरू—शिवप्रसाद भुसाल, कृष्णप्रसाद पौडेल, मंगलप्रसाद चौधरी र कुलप्रसाद पौडेललाई ढाका टोपी, मिठाई र एक-एक वटा आँपको विरुवा प्रदान गरी सम्मान गर्नुभएको हो।

उहाँले आफूलाई शिक्षा दिएका गुरुहरूलाई सम्झँदै उहाँहरूको निवासमै पुगेर सम्मान गर्नु भएको हो। “म जुन स्थानमा छु, त्यो मेरो गुरुहरूको प्रेरणा र शिक्षाले नै सम्भव भएको हो,” अध्यक्ष विष्टले भन्नुभयो।

सम्मानित शिक्षकहरूले पनि आफ्ना पुराना विद्यार्थीबाट प्राप्त सम्मानप्रति खुसी व्यक्त गर्नुभयो। शिक्षक शिवप्रसाद भुसालले भन्नुभयो, “आफूले पढाएको विद्यार्थी जनप्रतिनिधिको रूपमा उच्च पदमा पुगेको देख्दा गर्व लाग्छ। घरमै आएर सम्मान गर्दा झन् खुशी लाग्यो।”

गुरु पूर्णिमाको अवसरमा अध्यक्ष विष्टले गुरुहरूको महत्व र शिक्षाको मूल्यलाई स्मरण गर्दै उहाँहरूलाई सम्मान गर्नुभएको हो।

Facebook Comments