खेमराज न्यौपाने
नेपाली राजनीतिक इतिहासमा नेताहरूले आफ्नो भूमिगत जीवनकालमा प्रयोग गरेका उपना। सधैँ कौतुहलताको विषय रहँदै आएका छन्। तिनैमध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षको प्रचण्ड एक शक्तिशाली उपनाम हो । क्रान्तिकालको प्रिय् र शक्तिशाली उपनाम प्रचण्ड अहिले उहाँको वास्तविक नाममा परिणत भइसकेको छ । अहिले उहाँको पूरा नाम हो- पुष्पकमल दाहाल प्रचण्ड ।
क्रान्तिकारी नेताका भूमिगत कालका यी नामहरू केवल परिचय लुकाउने उद्देश्यले मात्र नभई, त्यो समयको राजनीतिक रणनीति, भावनात्मक अवस्थाहरू र भूमिकाहरूको सूचक पनि हुन्।
प्रचण्डले विशेषतः वि.सं. २०३८ देखि २०६३ सालसम्मको भूमिगत कालखण्डमा विभिन्न कोर्ड नामहरू प्रयोग गर्नुभएको थियो। ती कोर्ड नामहरू निम्नानुसार छन् :
आकाश

“आकाश” नामले अनन्तता, विस्तार, र विचारको खुला क्षितिजलाई प्रतिनिधित्व गर्छ। प्रचण्डको क्रान्तिकारी यात्रा आरम्भको चरणमा प्रयोग गरिएको यो नाम उहाँको सैद्धान्तिक परिपक्वता र विचारको गहिराइको संकेत दिन्छ। “आकाश” नामले भूमिगत राजनीतिको आरम्भिक चरणमा आफूलाई लुकाउँदा प्रयोग गरिएको पहिचान हो। यसले उहाँको सोच र आकांक्षालाई परिभाषित गर्थ्यो – ठूलो, उचाइमा सोच्ने, र परिवर्तनको सपना देख्ने रुपमा लिइन्छ
कल्याण

“कल्याण” को अर्थ हुन्छ – शुभ, हितकारी, समाजको भलाइ गर्ने। यो नामले उहाँको भूमिगत जीवनको त्यस्तो चरणलाई जनाउँछ जहाँ उहाँ जनताको हितका लागि सामाजिक सेवा र राजनीतिक जागरणमा क्रियाशील हुनुहुन्थ्यो। यो कोर्ड नामले स्पष्ट संकेत गर्छ कि प्रचण्डको संघर्ष केवल सत्ता प्राप्तिका लागि होइन, जनताको कल्याण र मुक्तिका लागि थियो।
विश्वास

“विश्वास” नाम आफैंमा गहिरो अर्थ बोकेको छ – आस्था, भरोसा, प्रतिबद्धता। यो नाम प्रयोग गर्दा प्रचण्डले आफ्ना कार्यकर्तामाझ सन्देश दिएका थिए कि उहाँ आदर्शमा अडिग, सङ्गठनमा समर्पित र क्रान्तिमा दृढ विश्वास राख्ने नेता हुनुहुन्छ। यो नामले भूमिगत जीवनमा उहाँको भावनात्मक सुदृढता र विचारमा अचल रहने दृढतालाई प्रतिबिम्बित गर्छ।
निर्माण

“निर्माण” को प्रयोगले देखाउँछ कि प्रचण्ड केवल सत्ता विरोधी विद्रोही मात्र नभई नयाँ व्यवस्थाको निर्माताका रूपमा उदाउँदै थिए।
यो नाम विशेषगरी जनयुद्धको पुर्वको चरणमा प्रयोग गरिएको मानिन्छ, जहाँ उहाँ क्रान्तिको रणनीतिक नेतृत्वमा थिए र पार्टी संरचनाको निर्माण, जनमुक्ति सेनाको संगठन, र राजनीतिक पाठ्यक्रमको रचना गर्नु भएको थियो। “निर्माण” नाम प्रचण्डको रचनात्मक नेतृत्व क्षमताको प्रतिनिधित्व पनि हो।
प्रचण्ड

अन्ततः सबैभन्दा प्रख्यात र स्थायी बनेको नाम “प्रचण्ड” हो, जसको अर्थ हुन्छ – तीव्र, उग्र, ज्वालामुखी जसरी विस्फोटक।
यो नामले उहाँको क्रान्तिकारी उर्जा, विद्रोही नेतृत्वशैली, तथा निडर स्वभावलाई उजागर गर्छ।
२०५२ सालदेखि सुरु भएको जनयुद्धको समय यस नामसँग अटुट रूपमा गाँसिएको छ। प्रचण्ड नाम न केवल माओवादी आन्दोलनको प्रतीक बन्यो, बरु समग्र क्रान्तिको पर्याय बन्यो। यसले सत्ता, सामन्तवाद, राजतन्त्र र सबै प्रकारका उत्पीडनविरुद्धको विद्रोहको प्रतिनिधित्व गर्यो।
यी सबै कोर्ड नामहरू केवल छद्म पहिचानको साधन थिएनन्। तिनीहरू प्रचण्डको वैचारिक यात्रा, क्रान्तिकारी संकल्प र भूमिगत भूमिकाको साङ्केतिक कथा हुन्। हरेक नाममा उहाँका राजनीतिक यात्राका भिन्न–भिन्न चरणहरू, उद्देश्य र रणनीतिक चिन्तन झल्किन्छन्।
यिनले एउटा साधारण गाउँले युवकलाई जनयुद्धको महानायक र गणतन्त्र नेपालको स्थापक बन्ने दिशामा कति सङ्घर्ष गर्नुपर्यो भन्ने संकेत पनि गर्छन्।
प्रचण्डको जीवनको समग्रता बुझ्न, यी कोर्ड नामहरूको अन्तरकथा बुझ्नु अनिवार्य छ। यिनै नामहरू नेपाली राजनीति र इतिहासमा अब साँस्कृतिक र वैचारिक धरोहरका रूपमा रहेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
