• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र बहुमुखी क्याम्पस प्राध्यापक संघको सभापतिमा न्यौपाने




दाङ ।त्रिभुवन बिश्व बिद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई सभापतिमा तिर्थ न्यौपाने निर्बाचित हुनुभएको छ ।

यसंगरी उपाध्यक्षमा निश्चल हमाल, सचिवमा सुधिर पोख्रेल र कोषाध्यक्षमा टोपेन्द्र गौतम निर्बाचिन हुनुभएको छ । संघका सदस्यहरुमा समिरमणि गौतम, पुस्कर खड्का, मनोज चौधरी, कुलबीर चौधरी र देबेन्द्र अधिकारी निर्बाचित भएका छन् ।

एकल संक्रमणिय निर्बाचनबाट निर्बाचित सदस्यहरुको पहिलो बैठकले सर्बसहमतिमा पदाधिकारी चयन गरेको थियो । यसैगरी त्रिबि प्राध्यापक संघको राष्ट्रिय महाधिबेशन प्रतिनिधीमा निबर्तमान सभापति दिनेश भट्टराई पूर्ब सभपति श्याम आचार्य, राजेन्द्र कुमार रेग्मी र संकर धिताल निर्बाचित भएका छन् ।

प्राध्यापक संघका केन्द्रिय सदस्य प्रकाश श्रेष्ठ संयोजक तथा सुन्दर गौतम र हरी रावत सदस्य रहेको निर्बाचन समितिले आज ९ जना सदस्य तथा ४ जना राष्ट्रिय प्रतिनिधी निर्बिरोध निर्बाचिन भएको घोषणा गरेको थियो ।

घोषणा पछि बसेको सदस्यहरुको पहिलो बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायतका पदाधिकारी चयन गर्नुका साथै निर्बाचन प्रकृयामा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको थियो ।

संघका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षता तथा प्राध्यापक डा. शिव कुमार सुबेदीको प्रमुख आतिथ्यतामा मंगलबार संघको १७ औ अबिधेशन उद्घाटन गरिएको थियो । सो अबसरमा क्याम्पसबाट सेवा निबृत सह प्राध्यापक बिमल सुबेदी, भरतराज न्यौपाने, पृयब्रत आचार्य तथा राम थापालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

निर्बाचन समितिले निर्बाचित पदाधिकारी, सदस्य तथा राष्टिट्टय प्रतिनिधीहरुलाई प्रमणपत्र समेत दिएको छ । आजै निबर्तमान सभापति दिनेश भट्टराईले नव निर्धाचित सभापति तिर्थराज न्यौपानेलाई माइन्युट हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments