“प्रिय विद्यार्थी
होमवर्क गर्दैनौ,
दुनियाँको बहाना गर्छौ,
तिमी आफै सोच कि
तिमी आफै सोच,
यति पनि गर्न सकेनौं भने
अरु के गर्छौं।”
“तिमीलाई कुटाई खान,
गाली खान मन पर्छ ।
तर गुरुवर्गको मुखबाट आफ्नो
प्रशंसा किन मन पर्दैन प्रिय विद्यार्थी।”
“यो जीवनको मूल्य तिमीले बुझे हैनौ
सायद यसलाई नजिकैबाट देखे छैनौ।
के-को लागि जन्मेछौ यो धर्तीमा,
मात्र समय बिताउँछौ अनावश्यक कुरामा ।”
“सायद तिमीहरुले नजिकैबाट
बा-आमाको पीडा नियालेका छैनौ,
आफ्नो बा-आमाको आफ्नोप्र तिको
गरेको त्याग बलिदान बुझे हैनौ।”
“तिमीलाई तिम्रै आत्माले सराप छ
कुनै दिन यदि तिमी आफ्नो
बा-आमा, परिवार समाज देशको
लागि के गरेर नगए।”
“कुन कुरामा अल्झेका छौ,
सुन Attitude मा बिर्सेका छौ।
तिमी अहिले यो पनि सोच कि
तिमी आफ्नो बा-आमाको लागि
के गरेका छौ ।”
“नहुने नहुने खानेकुरा खान्छौ,
आफैले आफ्नो स्वास्थ्यलाई बिगार्छौ ।
के खाने हो के खाने छैन, त्यति पनि
थाहा नभए आफ्नो जीवन तिमी
के सपार्छौ।”
“एकचोटी बुझाउँदा बुझ्दैनौ,
दिमागमा के सोच्ने गर्छौ।
कि हारमा गएसि मात्र
घाँस काट्ने गर्छौँ ।”
मेरो कुरा मान,
अल्छी नबन।
जुन कुरा बुझदैनौ
मलाई भन।”
तिमी भन्ने गर्छौ
केही कुरा सोधन डर लाग्छ।
तर एकैचोटी नजानेको कुरा
सोचिदेऊ तिम्रो डर आफै भाग्छ ।”
हामी सबै बुझ्छौं,
तिमीहरु धेरै नाटक नगर,
थाहा छ हामीलाई तिमी के गर्छौ,
होला गएर आफ्नो घर ।
एउटै गल्ती बारम्बार दोह्रयाउँछौ।
धैरै कुराहरु मनमा लुकाउछौ।
कक्षामा पढाँउदा खेरी नबुझे पनि
बुझेको छु भनेर देखाउँछौ।
भनेको कुरा मान्दैनौं,
सोध्ने गर जुन जान्दैनौ,
नजानेको कुरा सोध्दैनौ के हो पारा
आफूभन्दा ठूलालाई गन्दैनौ
आफ्नो भविष्यप्रति अलि गम्भीर होऊ,
जीवन छोटो छ धेरै रमाउनमा नबिताऊ
लामो समय बितिसक्यो अब त केही
गरेर देखाऊ।
चकचके छौ बाँदर होइनौ,
अल्छी छौ जनावर होइनौ।
पढाउने बेला मूर्तिझैं बनिदिन्छौ
देवता हैनौं ।
भनेको के हौ त मान्छे हौ भने
त्यस्तो आचरण ल्याउँदैनौ।
(उहाँ शिक्षक राम तिर्थ तेली राजपुर गाँउपालिकाको शिव शक्ति मा.वि. भौवा नाकामा कार्यरत हुनुहुन्छ ।)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
