काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) साँझ सार्वजनिक गर्ने भएको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नतिजा साँझ साढे पाँच बजे सार्वजनिक गरिनेछ। उनले भने, “आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ, दोस्रो बैठक अपराह्न चार बजे बस्छ, त्यसपछि साढे पाँच बजे नतिजा सार्वजनिक हुन्छ।”
एसईई परीक्षा २०८१ सालको चैत सात गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा चार लाख ३१ हजार ४६६ जना नियमित र ६७ हजार ७१५ जना ग्रेड वृद्धितर्फ सहभागी भएका थिए। यसअनुसार कुल चार लाख ९९ हजार १८३ विद्यार्थी परीक्षा दिएका हुन्।
बोर्डले नतिजा प्रकाशनसँगै विभिन्न माध्यमबाट हेर्न मिल्ने व्यवस्था गर्ने तयारी गरेको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
