दाङ। दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी हुने भएको छ।
पहल नेपालको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा कार्यक्रम हुने भएको हो।
असर २६ र २७ गते हुने कार्यक्रमका लागि आयोजक मूल समिति गठन गरिएको छ।
नाट्यकर्मी केएल बुढाथोकीको संयोजकत्वमा गठित मूल समितिमा सुदीप गौतम, उदय जीएम, शक्तिराम डाँगी, सबिन प्रियासन, नरेन्द्र केसी, दुर्गालाल केसी, छबिलाल कोपिला, डा. लोकराज पराजुली, प्रदीप मजगैंया, केएम निष्ठुरी, प्रणव आकाश, पाण्डव शर्मा, डिलाराम वली, पदम केसी, डिल्ली बस्नेत ‘संगीत’, भरतमणि पौडेल, गुरुप्रसाद कुमाल ‘बुलबुल’, रोशनी मल्ल, रिचा बुढाथोकी, रिना खड्का, बुद्धिराम चौधरी, अनिता महतारा, चोभार पौडेल र अञ्जलि न्यौपाने सदस्य रहेका छन्।
सङ्गोष्ठीमा नाटक लेखन, निर्देशन, अभिनय र रंगमञ्चको विविध पक्षबारे छलफल हुने बताइएको छ। कार्यक्रमको सम्पूर्ण कार्यतालिका चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
