• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार तथा उपन्यासकार सविन प्रियासनको ‘कडी’ उपन्यास विमोचित




घोराही। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लेखिएको ११ औं औपन्यासिक कृति ‘कडी’ को विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा शनिबार घोराहीमा विशेष समारोहबीच उपन्यासको विमोचन गरिएको हो।

कार्यक्रममा सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता रहेको थियो भने वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो।

विमोचन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार शर्माले ‘कडी’ उपन्यासलाई बाहिरबाट आएको नयाँ विधाको प्रयासका रूपमा टिप्पणी गर्नुभयो। दाङको विकाससँग उपन्यासको विषयवस्तु जोडिएको उल्लेख गर्दै उहाँले विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साहित्यले परिवर्तनका लागि विश्वभर ठूलो प्रभाव पारेको उदाहरण दिँदै उहाँले आगामी दिनमा साहित्यिक सिर्जनालाई अझ उत्कृष्ट बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो।

वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा वाचनालयका संस्थापक अध्यक्ष पुरुषोत्तम खनाल, नेकपा दाङका इञ्चार्ज सविन सी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

‘कडी’ उपन्यासको समीक्षा समीक्षक रामबहादुर जिसीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वाचनालयका सह–सचिव हरिप्रसाद पौडेलले गर्नुभएको थियो।

Facebook Comments