खेमराज न्यौपाने
दाङ। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा दाङका माधव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।
वाइसीएलको लुम्बिनी प्रदेशको दोश्रो सम्मेलनमा उपाध्यक्ष पदमा कुनै प्रतिद्वन्द्वी उमेदवार नउठेपछि बुढाथोकीलाई सर्वसम्मत रूपमा उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। उनले संगठनमा लामो समयदेखि सक्रिय योगदान दिँदै आएका छन् र पार्टीभित्र समेत उनी नेतृत्व क्षमता र संगठनात्मक कार्यदक्षताका लागि परिचित मानिन्छन्।
निर्वाचनपछि दिएको प्रतिक्रियामा उपाध्यक्ष बुढाथोकीले युवाहरूको आवाज बुलन्द बनाउने, संगठनलाई अझ सशक्त बनाउने र समाजपरिवर्तनको एजेन्डालाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै, उनले संगठनभित्र एकता, अनुशासन र विचारधारात्मक स्पष्टता कायम गर्दै अगाडि बढ्ने लक्ष्य रहेको बताए।
उनको निर्वाचितीले वाइसीएल लुम्बिनी प्रदेशमा नयाँ उर्जा र दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
