• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पल र नरायणीको नयाँ गीत ‘कान्छी मायाको गाला पुक्क पुक्क’ सार्वजनिक




दाङ। चर्चित अभिनेता पल शाह र चर्चित मोडल नरायणी खत्रीको जोडीले लोकप्रियता पछिल्लो समय झनै बढ्दो छ। उनीहरूद्वारा केही समयअघि सार्वजनिक गरिएको गीत ‘करिमैले पो के गर्छ काइला’ ले अपार सफलता पाएपछि, यही जोडीको नयाँ म्युजिक भिडियो ‘कान्छी मायाको गाला पुक्क पुक्क’ आज सार्वजनिक गरिएको छ।

नरायणी खत्रीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा पल शाह र नरायणी खत्रीको रसायन पुनः एकपटक देख्न पाइन्छ। मौसमी लय, आकर्षक नृत्य र सांस्कृतिक झल्को झल्काउने भेषभूषासहितको यस भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

गीतमा खेम सेनचुरी र शान्ता रानी परियारको सुमधुर स्वर रहेको छ भने संगीतकार नन्दु परियारले लय भरेका छन्। गीतका रचनाकार नेत्र अर्याल हुन्। भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्।

भिडियोमा रंगीन छायांकन, परम्परागत परिवेश र मौलिक नृत्यको संयोजन छ। भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन्। स्टाइलिस्टको रूपमा स्वस्तिका श्रेष्ठको योगदान रहेको छ। गीतको पोशाक र प्रस्तुतिमा नेपाली संस्कृतिको झल्को स्पष्ट देखिन्छ।

यस गीतमार्फत नरायणी र पलको जोडी पुनः एकपटक चर्चामा आएको छ। ‘करिमैले पो के गर्छ काइला’को झैं यो गीतले पनि लाखौं दर्शकको मन जित्ने विश्वास गरिएको छ।

गीतलाई अहिले स्पोटिफाइ, सावन, गाना, अमेजन म्युजिक, टिकटक लगायतका डिजिटल प्लेटफर्महरूमा पनि सुन्न र हेर्न सकिन्छ।

भिडियो

Facebook Comments