• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ठूलीभेरी नदीमा बालिकाको शब




रुकुम पश्चिम आठबिसकोट नगरपालिका ठुलीभेरी नदिमा एक बालिकोको शव भेटिएको छ । आठबिसकोट ९मा रहेको राडिज्युला शिक्षा क्याम्पस नजिकै आज बिहान बालिकाको शव भेटिएको हो ।

सल्यानको कुमाख गाउँपालिका २ स्थायी घर भई जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुमा होटेल ब्यवसाय गर्दै आउनुभएका धन बहादुर रावत कि ११ बर्षिया छोरी वर्षा कुमारी रावतको नदिमा बगेर ज्यान गएको छ ।

ति बालिका यहि ३ गते तल्लुबगरबाट भेरी नदिमा बगर बेपत्ता भएकि थिइन । बेपत्ता बालिकाको शव आज ५ दिन पछि राडिज्युला नजिक भेरि नदि किनारमा भेटिएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी नायव निरिक्षक सन्तोश खनालले जानकारी दिनुभयो ।

यहि ३ गते दिउसो २ बजे तिर भेरी नदिमा नुहाउन गएको बेला बगेर बेपत्ता भएको मृतक बालिकाका बुवा धन बहादुर रावतले जानकारी दिनुभयो ।

आज बिहान स्थानियले भेरीमा दाउरा उतार्न गएको बेला उक्त शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

Facebook Comments