• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा प्रहरीको पर्खाल र सिसिटिभीको उद्घाटन




वडा प्रहरी कार्यालय घोराहीमा निर्माण गरिएको पर्खाल र सिसिटिभीको औपचारिक उद्घाटन गरिएको छ ।

घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नु भएको हो । घोराही उप–महानगपालिका वडा नं. १४ को ५ लाख ४२ हजार र स्थानीय टोल विकास सस्थाको २८ हजार गरी ६ लाख १७ हजारको लागतमा पर्खाल निर्माण गरिएको हो ।

पर्खाल उद्घाटन गर्दे प्रमुख चौधरीले पर्खालले सडक फराकिलो हुदा नागरिकलाई सहज भएको वताउँनुभयो । पर्खाल निर्माण गर्दा दुर्घटना समेत न्युनिकरण हुने भन्दै त्यसलै सबैलाई सहयोग पुगेको वताउँनुभयो । पर्खाल निर्माण संगै सर्व–साधारणलाई सहज रुपमा यात्रा गर्न सहयोग पुगेको उल्ल्लेख गर्नुभयो ।

यस्तै प्रमुख चौधरीले सिसिटिभीको जडानले बजारको शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अबसरमा वडा अध्यक्ष शक्तिराम डाँगीले स्थानीय सरकार सबै टोल–टोलमा पुगेको वताउँनुभयो ।

टोलबाट माग भएका हरेक योजनाले प्राथमिकता पाएको वताउँदै यो योजना पनि स्थानीय नागरिकद्धारा माग भएका कारण पुरा भएको वताउँनुभयो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी प्रमुख शशी शर्मा निर्माण समितिका संयोजक राजकुमार गुप्ता लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वडा सदस्य गुलाम रशुलले गर्नु भएको थियो ।

Facebook Comments