• ४ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यशोदा फूड्सको शैक्षिक अभियान दाङमा, जनजागृतिमा छात्रावृत्ति प्रदान




यशोदा फुड्स प्रा.ली ले दाङ जिल्लाको घोराही क्षेत्रमा अवस्थित जनजागृती माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त विद्यालयको आयोजना र यशोदा फुड्सको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कक्षा दशमा अध्ययन गर्ने छात्रा शुसीला न्यौपानेलाई नगद रु पांच हजार सहित करेन्ट चाउचाउ एक पेटी कम्पनीको लोगो भयको झोला टि सर्ट कपी र कलम एक एक थान पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको स्थान बाट आफ्नो भनाई राख्दै उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायीत्व अन्तरगत राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्ने र शैक्षिक अभियानको रुपमा विभिन्न विद्यालयहरुमा पुगि विद्यार्थीहरुलाइ चाउचाउ खाने सहि तरिका पनि सिकाउने जङफुड बारे सचेतना जगाउने बिद्यार्थीहरुको नेतृत्व विकास सम्बन्धी विभिन्न प्रतियोगिता तथा शैक्षिक क्रियाकलापहरु गर्ने गर्दै आइरहेको र यस्तो किसिमको कार्यक्रम अहिले सम्म यशोदा फुड्सले मात्रै गरिरहेको तथा यशोदा फुड्स राष्ट्रका सबै बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको र सामाजिक उत्तरदायीत्व अन्तर्गत मेची देखि महाकाली सम्म शैक्षिक अभियानका रुपमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको कुरा यशोदा फुड्सकी जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनु भयको थियो।

सभापतिको स्थान बाट विद्यालयका प्रधानाध्यापक यम बहादुर डि सी ले उक्त कार्यक्रममा सहि मात्रामा र सहि तरिकाले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने भन्दै आफ्ना भनाईहरु राख्दै यशोदा फुड्स सदैव बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको कुरा स्रहानी भयको भन्दै आभार प्रकट गर्नु भएको थियो।छात्रवृत्ति प्राप्त गर्ने छात्राले यो महान अवसर आंफुलाई प्राप्त भयकोमा धेरै हौसला बढेको र भविष्यमा केही गर्न सक्छु भन्ने हिम्मत बढेको खुशी व्यक्त गरेकी थिइन।

कम्पनीका राप्ती अञ्चल एरिया सेल्स इन्चार्ज नवराज सापकोटा र कम्पनीका प्रतिनिधि रामजी कुवंर तथा सृष्‍टि शाक्यले उक्त बिद्यालयलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।उक्त कार्यक्रम बिद्यालयका शिक्षक सुलोचना आचार्य ज्युको स्वागत र शिक्षक बुद्धि राम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments