• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संघ शान्तिनगरका उपाध्यक्ष थापासहितका पाँच जान कांग्रेसमा प्रवेश




दाङ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शान्तिनगर गाउँपालिका उपाध्यक्ष निरज थापा (ज्याक्की)सहित पाँच जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

देशको विकास निर्माणसँगै युवाहरुको हकहितका लागि काम गर्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै बुधवार राष्ट्रिय युवा संघका पालिका उपाध्यक्ष थापासहित पाँच जना युवा कांग्रेसमा प्रवेश गरेका हुन । प्रवेश गर्नेमा युवासँगकै विनायक वली, दिपेस डाँगी, गेहेन्द्र रावत र रोशन आलेमगर रहेका छन् ।


नवप्रवेशीहरुलाई नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले घोराहीस्थीत जिल्ला पार्टी कार्यालयमा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गराउँदै सभापति डाँगीले नेपाली कांग्रेसको आस्था र विचारलाई युवा पुस्तामा पु¥याउँदै पार्टीको पक्षमा युवाहरुलाई ल्याउन आग्रह गरेका थिए ।

Facebook Comments