घाेराही । थारु कुरिहा समाज संघकाे १८औं साधारणसभा तथा सम्मेलन शनिबार घाेराही ३ झिङ्नीमा सम्पन्न भएको छ । संघका अध्यक्ष श्याम कुमार चाैधरीकाे अध्यक्षता तथा कुरिहा गाेत्यार वम्शावली पुस्तकका सम्पादक सुरेश चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बाेल्ने वक्ताहरुले विगतमा आफूहरु संयुक्त परिवारबाट छुटिभिन्न भई एकल परिवार हुँदा सस्कार संस्कृतिमा विविधता भएको बताएका थिए ।अब संयुक्त परिवारकाे रुपमा विकास गरि अाफ्ना गाेत्यार एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा घाेटैली गाेत्यार समाजका महासचिव प्रकाश चाैधरी घाेटैली, गाेत्यार सघ बर्दियाका धनीराम चाैधरी, टिकापुर कैलालीका पल्लु चाैधरी, सघका सदस्य कृष्ण चाैधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा गाेत्यारभित्रका ८० बर्ष उमेर नाघेका जेष्ठ सदस्यहरु बालकृष्ण चाैधरी, भरथरी चाैधरी,रामप्रसाद चाैधरी, रामपति चाैधरी, कासिराम चाैधरी, छाेटेलाल चाैधरीलाई नगद र दाेसल्ला अाेढाएर सम्मान गरिएको थियो ।
सघका सचिव दयाराम चाैधरीकाे स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमकाे सहजिकरण अक्ष चाैधरीले गर्नुभएको थियोे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
