• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा पाँचदिने डिजिटल पत्रकारिता सम्बन्धी प्रशिक्षण सम्पन्न 




मधुसूदन गिरी
कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिकामा डिजिटल पत्रकारिता, मिडिया व्यवस्थापन तथा  सकारात्मक सोच सम्बन्धि ५ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

यही माघ १५ गतेदेखि सुरु भएको तालिमको शनिबार समापन गरिएको हो । बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले बंगलाचुलीमा पत्रकार उत्पादन गर्न यस्ता तालिम अवसरको रुपमा भएको बताउनुभयो । आगामी आर्थिक बर्षमा पनि यस्ता खालका तालिमको लागि बजेट व्यवस्था गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले सञ्चालन गरेको रेडियोले आम जनताको आवाज बोल्ने उहाँले बताउनुभयो।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले पत्रकाररिता गरिरहदा नयाँ प्रविधिबाट पत्रकारिता गर्नुपर्ने बताउनुभएको थियो ।विकसित प्रविधिलाई आफ्नो व्यक्तिगत जिवनमा पनि सदुपयोग गर्नुपर्ने अध्यक्ष सुवेदीले बताउनुभएको थियोे।

कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश महासचिव भुपेन्द्र प्रकाश वली, प्रेस सेन्टर दाङका सहसचिव गिरिराज नेपाली, नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य हिमाल महरा लगायतको सहभागिता रहेको थियो।

तालिममा बंगलाचुली गाउँपालिकाका ८ वटै वडाबाट गरी करिब ३० जनाको सहभागीता रहेको थियो।

रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउलेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण रेडियोका समाचारदाता मधुसूदन गिरीले गर्नुभएको थियो।

Facebook Comments