• ३० फाल्गुन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हाे भने विदेश जाने सपना देख्नुपर्दैन: मुख्यमन्त्री आचार्य




बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हाे भने विदेश जाने सपना देख्नु नपर्ने बताएका छन ।

न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ काे ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन । `म विद्यार्थीहरुलाइ भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हाे भने विदेश जाने सपना देख्नु पर्दैन´उनले भने-`आफ्नै देशकाे भूमिमा अवसरहरुकाे सृजना गर्न, नव प्रवर्ततनकाे क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु छन । देशलाई तपाईहरुकाे याेगदानकाे खाँचो छ ।´ लुम्बिनी प्रदेशकाे समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष याेजना निर्माण गरेकाे समेत बताए ।`समग्र शिक्षाकाे गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खाेज, अनुसन्धानकाे विधिकाे माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ´उनले भने-`एउटा विद्यालयकाे शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।´ प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेकाे, सरकारकाे एकल प्रयासले मात्रै शिक्षा क्षेत्रकाे विकासलाइ अघि बढाउन नसक्ने, निजि क्षेत्रले शिक्षा क्षेत्रकाे विकासमा पुर्‍याएकाे याेगदानकाे समेत चर्चा गरे । प्रदेश सरकारले निजि क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे ।

न्यू हाेराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएकाे, लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने, विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेकाे बताए ।

वि.सं. २०५६ सालदेखि २०८१ सम्म आइपुग्दा धेरै परीक्षाहरु भए । त्यसको नतिजा हेर्ने हो भने पनि विद्यालयले आफूलाई सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको साे अवसरमा जानकारी गराइएको थियाे ।

Facebook Comments