रोल्पा । प्रस्तावित शिक्षा क्षेत्रको योजना मस्यौदामाथि पृष्ठपोषण तथा सुझाव संकलन सम्बन्धी कार्यशाला गोष्ठी रुन्टिगढी गाउँपालिकामा भएको छ। शिक्षा युवा तथा खेलकुद शाखा आयोजनामा भएको हो ।
रुन्टिगढी गाउँपालिकाको शिक्षा क्षेत्रमा आगामी पाँच वर्षको योजना बनाउन यो कार्यक्रम सुरु गरिएको हो ।शिक्षा क्षेत्रलाई कसरी थप सुदृत बनाउँदै लग्ने भन्ने विषयमा विभिन्न सुझाव सङ्कलन गर्दै यो कार्यशाला गोष्ठी सुरु गरिएको छ। रुन्टिगढी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी योजना बनाउन तयार गरिएका कार्यदल समिति सदस्य विद्यालयका प्रधानाध्यक शिक्षकहरूको बीचमा कार्यशाला गोष्ठी गरिएको थियो । कार्यशाला गोष्ठीमा शैक्षिक क्षेत्रमा भएका त्रुटी समस्या समाधानका उपाय लगायतका विषयमा सुझाव समेत संकलन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले कुनै पनि ठाउँमा पुग्नु अघि योजना बनाएर अगाडि बढे मात्र निश्चित गन्तव्यमापुग्न सकिने कुरा अभिव्यक्त गर्दैको शिक्षा क्षेत्रलाई पनि सोही अनुरूप अगाडि बढाउन यो कार्यशाला गोष्ठी सुरु गरिएको बताउनुभयो। कार्यक्रममा थप बोल्दै यो योजना बनाएपछि मात्र आगामी पाँच वर्षमा शिक्षा क्षेत्रमा हामी यहाँबाट यहाँ पुग्यौं भनेर मापन गर्न सक्ने हुँदा पनि यो योजना बनाउनु आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो। प्रस्तावित शिक्षा क्षेत्रको योजनाभित्र के के कुरा समावेश गरिएको छ र थप गर्नुपर्ने या सच्याउनुपर्ने विषय माथि सुझाव सङ्कलन युएसए आइडी प्रारम्भिक सिकाई कार्यक्रम स्थानीय शिक्षा इकाई संयोजक विश्वराज लामिछानेले गर्नुभएको हो।
रुन्टीगढी शिक्षा शाखा प्रमुख अन्जु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता रुन्टीगढी गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं ७ का अध्यक्ष टेकलाल पुन , प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जनक पुन अतिथि उपाध्यक्ष सरिता केसी, रुन्टिगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्का कालिका स्वाभालम्बन समाजिक केन्द्र कपिलवस्तुका प्राविधिक अधिकृत ऋषिकेश डाँगी लगायतको सहभागितामा कार्यशला गोष्ठी गरिएको थियो ।भने कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रा स घनबहादुर डागीले गर्नुभएको हो।
कार्यक्रम युनिसेफ, युरोपियन युनियनसंगको साझेदारीमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु र रुन्टिगढी गाउँपालिका रोल्पाको समन्वय तथा साझेदारीमा संचालित “गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम” अन्तर्गत रुन्टिगढी गाउँपालिका रोल्पाको प्रस्तावित गाउँ शिक्षा क्षेत्र योजनामा सरोकारवाला निकायसँग पृष्ठपोषण तथा सल्लाह सुझाव सङ्कलन कार्यक्रम रुन्टीगढी गाउँपालिका होलेरीमा सम्पन्न भएको हो ।
यो कार्यक्रम रोल्पाका ४ रून्टिगढी, त्रिवेणी, लुङ्ग्री गाउँपालिका र रोल्पा नगरपालिका लगायत लुम्विनी प्रदेशका ७ जिल्लाका २७ स्थानीय तहमा संचालित छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।