घोराही । गुरुकुल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमी घोराहीबीच साझेदारी साम्झौता भएको छ । दुबै संस्थाबीच आपसी समझदारीमा सम्झौता पत्रमा राखिएका शर्तहरु पालना गर्ने सहमति गरिएको छ ।
दुई समूहबीच शैक्षिक तथा खेलकुद क्षेत्र बिकासको लागि टेवा पु¥याउने उद्देश्यले भएको हो ।सम्झौतापत्रमा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसी र लुम्बिनी फुटबल एकेडेमीका निर्देशक समिर वलीले हस्ताक्षर गर्नुभएको छ। साझेदारी सम्झौता दुबै संस्थाको लगानि हुने गरी गरिएको छ ।
फुटवल र खेलाडीको प्रवर्धन गर्ने , उच्चस्तरीय कोचिङ तथा तालिमको अवसरहरु प्रदान गर्ने , दुबै संस्थाको सम्बन्ध सुधार गर्ने लगायतका उद्देश्य राखेर सम्झौता गरिएको गुरुकुल एकेडेमी घोराही प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले जानकारी दिनुभयो ।
गुरुकुल एकेडेमीले फुटवल खेलको लागि आवश्यक बिभिन्न खेल सामग्रिहरु , आवश्यकता अनुसार यातायातको सेवा प्रदान गर्ने गरी हस्ताक्षर भएको छ भने लुम्बिनी फुटवल एकेडेमीले तालिकाको आधारमा सर्टिफाइड कोच प्रदान गर्ने , बिभिन्न खेहरुमा गुरुकुलको ब्रान्ड प्रयोग गर्ने तथा बरिष्ट खेलाडी तथा बिदेशी खेलाडीहरुसँग गुरुकुलका विद्यार्थी खेलाडीहरुसँग अन्तकृया गर्ने गरी हस्ताक्षर गरिको छ ।
सम्झौताले दाङमा खेलक्षेत्रमा नँया आयाम थप्ने संस्थाको भनाइ छ । अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्ड प्राथमिकताका राखेर कार्य सञ्चालन गर्ने भएको हो । साझेदारी सम्झौताले दुबै संस्थालाई निकै फाइदा पुग्ने प्रमुखहरुको दावि छ । गुरुकुल एकेडेमी दाङ जिल्लाको स्थापित विद्यालय हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।