खुमबहादुर सुनार
लिवाङ, राेल्पा। सुनिलस्मृति गाउँपालिकामा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूले पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
प्रवेश कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ३ का उपसभापति खिम बहादुर घर्तीमगरसहित १३ जना नेताहरू माओवादी केन्द्रमा समाहित भएका हुन्।
पार्टी प्रवेश गर्ने नेताहरूमा ३ नं. वडा सदस्य चित्र बहादुर सुनार, भोप बहादुर सुनार, राहुल घर्तीमगर, सुनिल घर्तीमगर, ज्ञानदेवी रोका, संजय सुनार, रामलाल सुनार, खविलाल के.सी., बिना कामी, पाटली कमीनी, एकराज घर्तीमगर र संगीता घर्तीमगर छन्।
कार्यक्रमका विशेष अतिथि र अध्यक्षता
कार्यक्रमको अध्यक्षता सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष क. रत्न महराले गरेका थिए भने प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका सह-इन्चार्ज क. मणिराम बुढाथोकीको उपस्थिति रहेको थियो।
गाउँपालिका उपाध्यक्ष मिना थापा, वडा नं. ३ का अध्यक्ष दुर्गा बहादुर बिष्ट, नेकपा (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका पार्टी सचिव सुदर्शन पुन, र कोषाध्यक्ष धिरज घर्तीमगरलगायतका नेताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि क. मणिराम बुढाथोकीले परिवर्तनको यात्रा सफल बनाउन एकतामा जोड दिँदै नव प्रवेशी नेताहरूलाई स्वागत गरे। उनले भने, “समाजको विकास र जनताको हितका लागि माओवादी केन्द्रको अभियानमा तपाईँहरूको सहकार्यले ठूलो योगदान पुर्याउनेछ।”
अध्यक्ष क. रत्न महराले नव प्रवेशी नेताहरूलाई धन्यवाद दिँदै भने, “माओवादी केन्द्रले लडेर ल्याएको परिवर्तनलाई संस्थागत गर्न र समृद्ध नेपालको यात्रामा सबैको हातेमालो आवश्यक छ।”
कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। नव प्रवेशी नेताहरूले पार्टी प्रवेशपछि माओवादी केन्द्रका नीति र कार्यक्रमलाई अगाडि बढाउन दृढता व्यक्त गरे।
नेताहरूको भनाइहरू , नव प्रवेशी नेता खिम बहादुर घर्तीमगरले माओवादी केन्द्रको विचारधारा र पार्टीको काम गर्ने शैलीले आफूलाई आकर्षित गरेको बताए। उनले भने, “समाज परिवर्तनका लागि माओवादी केन्द्रको सहकार्यमा सक्रिय रूपमा लाग्ने प्रतिज्ञा गर्दछु।”
कार्यक्रममा माओवादी केन्द्रका नेताहरूले परिवर्तन र समृद्धिको यात्रामा सबैलाई साथ दिन आग्रह गरे। पार्टी प्रवेशले गाउँपालिकामा राजनीतिक चर्चा थप चर्किएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।