• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माघे मेलामा टिकाले नचाइन दर्शक




भ्युमान मगर
घोराही । घोराहीमा सञ्चालित प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा टिका सानुले दर्शकलाई नचाएकी छिन् । माघे मेलाको दोश्रो दिन आइतवार आइपुगेकी दंगाली चर्चित लोक गायिका टिकाले गीत गाउँदा दर्शकले मनोरञ्जन लिनका साथै नाचेर साथ दिएका थिए ।

मेलामा गायिका टिकाले ‘हिडमाया जाउ बम्वई, रेलको भाडा तिरी दिउला मै जम्मै’लगायतका गीत गाउँदा मेलामा तन्नेरीदेखि ज्येष्ठ नागरिकसम्मले नाचेर साथ दिएका थिए । मेलामा सहभागी जेष्ठ नागरिक आमाले टिकालाई स्टेजमै चढेर माला लगाइदिएका थिए ।

टिकाले हिडमाया जाउँ बम्वईसँगै ‘हेर सानु…’, ‘घाँसै काटौं खोली दोभान’लगायतका आधा दर्जन बढी गीत गाएकी थिइन । उनीसँगै कलाकारहरु गायक टेक विसी, गायिका निता पुन, डान्सर निशा सुना, चाहना झाँक्रीमगरलगायले गीत तथा नृत्यका माध्यमबाट सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

मेलाको दोश्रो दिन छ सय बढी टिकट बिक्री भएको मेलाको प्रचारप्रसार उपसमिति संयोजक कैलाश रोकाले जानकारी दिएका छन् । ‎घोराही उपमहानगरपालिका–१४ झिगौँरामा शनिवारदेखि सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको तेश्रो दिन सोमवार गायक श्याम राना, टेक विसी, गायिक तथा चर्चित उद्घोषक रुपा घर्तीमगर, गायिका रेशमा पुन,मोडेल रूबिना अधिकारी, गायक रोशन रत्गैया, गायिका बिष्णु सुनारलगायतका कलाकार आउने भएको आयोजक ‎नेपाल मगर संघ घोराही नगर समितिले जनाएको छ ।

‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य लिएको छ । मेलामा जातिगत वेशभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया र विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई छुटको व्यवस्था गरिएको मुल आयोजक समितिका संयोजक बेदबहादुर बुढामगरले जानकारी दिएका छन् ।

Facebook Comments