दाङ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सात वटै प्रदेशमा पठाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका दुई लाख ९८ हजार नौ सय १० जनालाई खोप लगाइँदै छ ।
यही माघ २२ देखि आगामी फागुन ६ सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउने तयारी गरेको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले बताउनुभयो । प्रदेश मन्त्रालयले खोपलाई सुरक्षित भण्डारण गरी जिल्ला जिल्लामा पठाउने काम गरिरहेको काम गरिरहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
