दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनमा हुने छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ को तयारी तीब्रता दिएको छ ।
छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ लाई सफल बनाउनका लागि मंगलबार दाङ जिल्ला उद्योग वाणिज्य संघमा अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा पुर्व अध्यक्षहरुको सहित बसेको बैठकले मुल आयोजक समिति तथा विभिन्न उपसमितिको विस्तार तथा संयोजक चयन गरेका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको संयोजकामा रहेको मुल आयोजक समितिको विस्तार गरिएको छ । निवर्तमान अध्यक्ष टंकसिहं बुढाथोकीको संयोजकमा अर्थिक संकलन समिति, पूर्व अध्यक्ष नारायण प्रसाद भुषालको संयोजकमा अतिथि सत्कार समिति, पूर्व अध्यक्ष हेमराज बन्जाडेको संयोजकमा संघ संस्था समन्वय समिति र पूर्व अध्यक्ष मधुसूदन बैद्यको संयोजकमा मुल्याकंन तथा अनुगमन समिति रहेको छ ।
त्यसै गरी वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ मुल आयोजक समिति सहसंयोजक रहेका छन् जस अन्तरर्गत संघका सदस्य युवराज पोख्रेल संयोजक रहेको प्रचार प्रसार उपसमिति, संघका सदस्य विष्णु प्रसाद रिजालको संयोजकमा रहेको कृषि तथा धार्मिक उपसमिति, संघका सदस्य दिपक पण्डितको संयोजकमा भोजन तथा आवास व्यवस्थापन उपसमिति र संघका सदस्य निम बहादुर बुढाथोकीको संयोजकमा रहेको शोभा यात्रा व्यवस्थापन उपसमिति रहेका छन् ।
अर्का मुल आयोजक समितिका सहसंयोजक उद्योग उपाध्यक्ष ध्रुब कुमार गहतराज अन्तरर्गत खानेपानी तथा सरसफाई उपसमितको संयोजक संंघक सदस्य नोर्वु तामाङ लामा, स्वयसेवक परिचालक उपसमितिको संयोजकमा संंघक सदस्य विक्रम राना, महिला उद्यमी तथा प्रथामिक उपचार उपसमितिको संयोजकमा संंघका महिला सदस्य लिला नेपाली र भैतिक निर्माण तथा साहित्य उपसमितिको संयोजकमा संंघक सदस्य सुरज बुढाथोकी रहेका छन् ।
मुल आयोजक समितिका सहसंयोजक वाणिज्य उपाध्यक्ष लिलाराम खड्काको अन्तरर्गत संघका सचिव विकास वलीको संयोजकमा स्टल व्यवस्थापन उपसमिति,संघका कोषाध्यक्ष जगत आचार्यको संयोजकमा आर्थिक व्यवस्थापन समिति, संघका सहकोषाध्यक्ष माधव खनालको संयोजकमा आर्थिक तथा टिकट व्यवस्थापन उपसमिति र संघका विशिष्ठ सदस्य जुद्द बहादुर घर्तीको संयोजका पर्यटन प्रबर्धन उपसमिति प्रर्दछन् ।
अर्का मुल आयोजक समितिका सहसंयोजक महासचिव महेन्द्र बुढाथोकीको अन्तरर्गत मंन्च व्यवस्थापन उपसमितिको संयोजकमा संघका सदस्य रुद्र शर्मा, बालउद्यान उपसमितिको संयोजकमा संघका सदस्य पुस्कर राज न्यौपाने, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा संघका सदस्य राम प्रसाद पोख्रेल, पाकिंङ व्यवस्थापनको उपसमितिको संयोजकमा संयोजकमा संघका सदस्य युबराज पन्त र जनसम्पर्क समन्वय उपसमितिको संयोजकमा विशिष्ट सदस्य ऋषि पोख्रेल रहेको मुल आयोजक समितिको संयोजक एवं अध्यक्ष बसन्त जोशीले जानकारी दिए ।
‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराकोसाथ फागुन २ गतेदेखि १८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ तयारी स्वरुप विभिन्न उपसमिति संंयोजक चयन गरिएको र उपसितिलाई केही दिनै विस्तार गरी पूर्णता पाउने प्रचासप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले बताए ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।