• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिमको त्रिवेणीमा एक करोड बढीको सुन्तला उत्पादन




रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यवसायिक सुन्तला खेती गर्ने किसानको संख्या बढेको छ । पालिकाभर एक सय ३ जना किसानले ब्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले १ सय ९४ मेट्रिकटन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला विक्री भएको छ ।

उहाँका अनुसार पालिकाबाट यस वर्ष सुन्तला वित्रिबाट १ करोड १ लाख ८ हजार ८ सय रुपैयाँ भित्रिएको छ । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहेपनि अधिकांश किसानले सुन्तला विक्री गरिसकेको शाखा प्रमुख पुनले जानकारी दिनुभयो । ब्यवसायिक सुन्ताल खेती गर्ने १ सय ३ जना किसान मध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्याएको ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो आम्दानी गरेका छन् ।

ब्यवसायिक सुन्तला खेती गर्ने प्रत्येक किसानले ४ रोपनी क्षेत्रफल भन्दा बढी जग्गामा सुन्तला खेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा करिव ६ क्विन्टल सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो । पालिकाभर ३ सय २४ रोपनी अर्थात १६ दशमलव २ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । ब्यवसायिक रुपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानहरुले सुन्तला उत्पादन गर्दै आएका छन् ।

Facebook Comments