• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मोत्सवको अवसरमा ई. घिमिरेद्वारा उपचार तथा स्टेशनरी सहयोग




घोराही । मानिसहरुको धेरै थरीको जन्मोत्सव मनाउने तरिका हुन्छ । तर, दाङमा अवस्थित गुरुकुल एकेडेमीका अध्यक्ष रहनुभएका ई. अनन्तराज घिमिरेले फरक तरिकाबाट जन्मदिन मनाउनुभएको छ ।

उहाँंले गरीव तथा विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सहयोग त गर्नुनै भयो त्योसंगै अको फरक तरीका भनेको विपन्न दुखि पीडितलाई उपचारमा सहयोग गर्नुभएको छ । उहाँले बनेपामा अवस्थित वालअपांगता पुनःस्थापना केन्द्र अस्पताल एचआरडिसिमा उपचार गर्न ल्याइएका दुर्गम ठाँउका एकदमै विपन्न परीवारका हड्डिको अपांगता भएका विरामिहरुको उपचारमा नगद २० हजार सहयोग गर्नुभएको छ ।

यो सहयोगबाट उनिहरुलाई थोरै भएपनि राहत मिल्ने अस्पताल तथा विरामि परीवारले बताएका छ । भौगिलिक दृष्टिकोणका हिसावले दाङबाट टाढा भएका कारणले नेपालका पुर्व सचिव भिम उपाध्याय मार्फत ई. घिमिरेले नगद २० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

यस्तै जन्मदिनकै अवसरमा उहाँले घोराही-१७ मा रहेको श्री प्राथमिक विद्यालय भैसाहिका गरीव तथा विपन्न परीवारका करिव एकसय जना विद्यार्थीहरुलाई करिव १५० हजार रुपैयाँ बराबरको स्टेशनरी सामान सहयोग गर्नुभएको छ । उहाँले सो विद्यालयमा कपि , पेन्सिल ,इरेजर लगायतका सामग्रिहरु सहयोग गर्नुभएको हो ।

ई. घिमिरेले हरेक जन्मदिनमा यसरीनै सहयोग अभियान चलाउदै आउनुभएको छ । गत बर्ष पनि उँहाले घोराही ७ मा रहेको संस्कृत कुटिमा बटुकहरुको लागि खाद्यान्न सहयोग गर्नुभएको थियो । ई. अनन्नराज घिमिरे दाङको शैक्षिक धरोहरको रुपमा रहदै आउनुभएको छ भने मध्यपश्चिम विश्वविद्यालयको पूर्व डिन तथा लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणको निवर्तमान प्रमुख समेत हुनुहुन्छ ।

Facebook Comments