• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रमेश सायनले सुनाए लेखन अनुभव




दाङ । अध्ययन मन्च दाङले नेपाल प्रहरी स्कुल दाङमा आयोजना गरेको एक कार्यक्रममा लेखक रमेश सायनले आफ्ना लेखन अनुभव सुनाएका छन् ।

सोमबार मन्चले नेपाल प्रहरी स्कुल कक्षा दसका विद्यार्थी माझ लेखक सायनलाई उभ्याएको थियो ।

“तपाईहरु माझ आफ्ना अनुभुति राख्दै गर्दा मैले आफ्नो स्कुले जीवन सम्झिरहेको छु । म सामान्य विद्यार्थी थिएँ तर साहित्य प्रति रुचि स्कुल पढ्दा नै थियो ।” उनले थपे -“किताबहरु पढ्दा तपाईहरु कहिल्यै नपुगेको स्थान पुग्नुहुनेछ । अतिरिक्त किताबको अध्ययनले कल्पना गर्ने शक्तिको विकास पनि गराउछ ।”

लेखक सायनका अनुभुति सुनेपछी विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए भने लेखकले जवाफ पनि दिएका थिए ।

छुटेका अनुहारका लागि पद्द्मश्री पुरस्कार बिजेता सायनका अन्तर, भागेर भुगोलभरि गरि तीन पुस्तक प्रकाशित छन् ।

अध्ययन मन्चका संयोजक सूर्य बिसीको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा थम्मन बस्नेत, प्रहरी स्कुलका प्रधानाध्यापक नुमलाल पाण्डे लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन महेश बस्नेतले गरेका थिए ।

Facebook Comments