कमिरेचौर । दाङको बङ्गलाचुली गाउँपालिकामा जनरल फिजिसियन, स्त्रीरोग तथा दन्तरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी लोहारपानीमा शिविर सम्पन्न भएको हो ।
बंगलाचुली गाउँपालिकाको आयोजना तथा नेपाल क्यानडा टुरिजम कल्चर एण्ड ट्रेड काठमाडौँ प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्तीमगरको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरको प्रमुख अतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुन मगरले जनताको स्वास्थ्यप्रति स्थानीय सरकार संवेदनशील रहेको बताउनुभयो। उहाँले गाउँपालिकाका हरेक नागरिक स्वस्थ भएमा नागरिकले चाहेका हरेक कामहरू सहज रुपमा गर्न सक्ने बताउनुभयो ।
अध्यक्ष पुनले आफूहरुले जनतालाई स्थानिय सरकारको अनुभूत हुने गरी काम गरिरहेको बताउँदै बंगलाचुलीको मानवीय विकासमा स्वास्थ्य सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा कार्यक्रममा जनरल फिजिसियन डाक्टर सुरेन्द्रविक्रम बस्नेतले स्वास्थ्य शिविरको वारेमा जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डाक्टर बिना श्रेष्ठ, दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेती, भिजन किविन्स क्लबका उपाध्यक्ष तारा श्रीवास्तव, जिल्ला स्वास्थ्य कार्यालय दाङका पहेन निरीक्षक रिता न्यौपाने,कार्यक्रम संयोजक सम्झना शर्मा,जिल्ला संयोजक शर्मिला केसी,बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाका सिअनमी अधिकृत ईन्द्रा कुमारी घर्ती लगायतको सहभागिता रहेको थियो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकी लोहारपानीका प्रमुख दिलिप बाठा मगरले गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।