• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलमा जिल्लामै पहिलो पटक विद्यार्थीहरुको लागि स्केटपार्क




घोराही । दाङ जील्लाको घोराही – १५ रतनपुरमा २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमी अहिले ९औ बर्ष पार गर्दै छ । बिभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जिल्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ ।

सफलताको अट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमहि र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थिहरुको लागि अत्यधिक सेवा सुविधा दिदै आएको विद्यालयले एकपछि अर्को सुविधा दिदै आएको छ । यसै अवशरमा गुरुकुल एकेडेमी तुलसिपुरले आफ्ना विद्यार्थिहरुको लागि निशुल्क स्केट पार्कको ब्यबस्था गरेको छ ।

दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको । मनोञ्जनको लागि विद्यार्थिहरु ब्यबसायिक रुपमा खोलीएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थिहरुको लागि हटेको विद्यालयको भनाई छ । पढाई संगै अन्य अतिरीक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थिहरुको सर्वाङ्गिन विकास गर्ने उद्धेश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

साथै विद्यालयले यहि माघ २१ गते सरस्वति पुजाको अवशरमा निशुल्क भर्ना समेत खोलेको छ । सिमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालीकाहरुको भर्ना गरी शैक्षिक संगै अतिरीक्त कृयाकलाप तथा ब्यबहारीक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी लमहीले पनि विद्यार्थिहरुको लागि स्केटपार्कको सुविधा थप गरी संचालनमा ल्याउने तयारी गरेको छ ।

Facebook Comments