तुलसिपुर घाेराहि सडक खण्डको ग्वार खाेलामा यस बर्षकै सबैभन्दा ठुलाे बाढि अाएकाे छ ।
शुक्रबार साझ ८ बजेतिर एक्कासि अाएकाे बाढिले खाेलामा धुदै गरेको एउटा बसलाई बगाउदा चालक सहचालक केहिबेर बाढिकाे बिचमा फसेका थिय ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यलय तुलसिपुरका प्रमुख प्रेमबहादुर शाहि र ससस्त्रका डिएसपि राेम बहादुर कार्कि लगायतको टिम खाेलामा पुगेर उद्दार गर्दा झन्डै चालिसमिनेट पछि सहचालककाे उद्दार गर्न सफल भएको डिएसपि शाहीले जानकारी दिनुभयो ।
उद्दारमा खटिएका डिएसपि शाहि खाेलाकाे कचवेमा चिप्लिएर सामान्य घाइते हुनुभएको छ ।उहाको टाउकाे र ढाडमा चाेट लागेकाे छ ।
समयमै प्रहरी पुगेपछि रातिको समयमा एक्कासि अाएकाे बाढिले यात्रुबाहक बस तथा अन्य सवारी साधन सञ्चालनमा राेक लगाएर थप क्षतिहुन नपाएको स्थानीय झग्गु बिकले बताउनुभयो ।ना४ख ३५६५ बस चालक रमेश थापा र सहचालक निरमल पुरी बस धुनका लागि अपरान्ह ग्वार खाेलामा पुगेका थिय ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।