• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुटवल–गोरुसिंगे सडक अब चार लेनको बन्ने




बुटवल । बुटवल–गोरुसिंगे सडक चार लेन विस्तारका क्रममा ७ हजार १ सय ७५ रूख काटिने भएको छ ।

वन मन्त्रालयको समन्वयमा निर्माण कम्पनीले रूख कटानको अनुमति पाएको हो । अहिले सडक क्षेत्रमा परेका रूखको मार्किङ अन्तिम भएको छ । रूख कटानपछि सडक निर्माण अघि बढ्ने आयोजनाले जनाएको छ ।

२०१९ सालमा निर्माण भएको पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडक खण्ड विस्तार हुन लागेको हो । सुरुमा एक लेनमा निर्माण गरिएको सडक २०३५र३६ सालमा दुई लेनमा विस्तार भएको थियो ।

बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झन्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । १९ किलोमिटर दूरीको गोरुसिंगे चन्द्रौटा खण्डमा दोस्रो चरणमा निर्माण गरिनेछ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको छ ।

Facebook Comments