तुल बहादुर कवँर मगर
सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका चार सामुदायिक विद्यालयका तीन सयभन्दा बढी विपन्न विद्यार्थीलाई शुक्रबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ।
जाडो मौसमका समयमा न्यानो कपडा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक उपलब्धिको स्तरलाई उकास्न समस्या भएकाले गाउँपालिकाको सहकार्यमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेको हाे।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रोहबरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङका १४२, बाल कल्याण आधारभूत विद्यालय पहरुवाका ११, सगरमाथा प्राथमिक विद्यालय भुल्केका ४५ र सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँका ७३ जना गरि २७१ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ।
त्यस्तै, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँका कक्षा ६ देखि ८ सम्मका ६५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको सिपी नेपाल संस्थाकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले जानकारी दिनुभयो।
यसअघि पनि संस्थाले सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ र प्राथमिक विद्यालय थकरीकोटका ८३ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।