• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर घोराहीको अध्यक्षमा हेमराज, पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनमा जोड




घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल घोराही नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संगठनको आयोजनामा मंगलबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले  हेमराज नेपालीको अध्यक्ष रहनेगरी १४  सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णु गोराथोकी र वर्षा मगर, सचिवमा सुविनराज शेर्पाइली, सह- सचिवमा रमन शर्मा र अमृता डाँगी र कोषाध्यक्षमा भ्यूमान पुन चयन भएका छन्  । त्यस्तै सदस्यहरुमा असीमा घर्तिमगर, बलजीत दमाई, मनोज मगर, हिरा केसी, रामकुमार दाहाल, प्रज्वल खड्का, नवीन गौतम चयन भएका हुन् ।

संगठनका कार्यबाहक अध्यक्ष हेमराज नेपालीको अध्यक्षता एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष शर्माले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पछिल्लो समय  पत्रकारिता क्षेत्रमा कमजोर हुँदै गएकोले त्यसलाई थप व्यवस्थित बनाउनका लागि  पत्रकारले बोल्ने भन्दापनि लेख्ने कुरा विशेष जोड दिनुपर्ने बताए ।

यस्तै विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य हेमराज शर्मा डायमण्डले सधैँ रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिए । पत्रकारहरूले सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त  गरे ।  पत्रकारहरू बहकाउबाजी र कसैको स्वार्थमा उपयोग हुन नहुनेमा उनको भनाइ छ   ।

प्रेस सेन्टर नेपाल नीति तथा परामर्श समितिका सदस्य  उदय जिएमले पत्रकारिता क्षेत्रमा जोडिएका हरेक पत्रकारले आफ्नो व्यक्तित्व विकाससँगै पहिचान बनाउनुपर्ने आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रीयसनले पत्रकारिता माध्यमबाट नै समाज रुपान्तरण हुने कुरामा जोड दिँदै सबै संगठनहरुको क्रियाशीलताले मात्र समाज रुपान्तरण हुने बताए । उनले समाज रुपान्तरणमा सञ्चार संगठनहरुको क्रियाशीलता देखिएन भने समग्र पत्रकारिता क्षेत्रनै कमजोर बन्दै जानेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ  दाङका अध्यक्ष सन्तोष सुवेदीले महासंघले पत्रकारको पेशागत सुरक्षाका जिल्ला रहेला विभिन्न सञ्चार संगठनसँग  सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले जिल्ला क्रियाशील सबै संगठनहरुको   उद्देश्य भनेकै पत्रकारका हक र अधिकारीका लागि काम गर्ने भएकोहुँदा त्यसका लागि सबै संगठनहरुसँग नेपाल पत्रकार  महासंघ दाङ शाखा एकआपसमा  छलफल, समन्वय र सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिए ।

कार्यक्रममा  माओवादी केन्द्र घोराही नगरका अध्यक्ष अटल चौधरी, प्रेस सेन्टर नेपाल दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली, प्रेस चौतारी  नेपाल दाङका पूर्व अध्यक्ष जेएन सागर, प्रेस सेन्टर नेपाल दाङकी अध्यक्ष अनिता पोख्रेल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउलेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संगठनका कार्यबाहक उपाध्यक्ष वर्षा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुविनराज शेर्पाइलीले गरेका थिए ।

 

 

 

Facebook Comments