टेकराज भण्डारी
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित मावि कालाखोलामा १४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ तुलसीपुर ईशानले तुलसीपुर ७ मा रहेको मावि कालाखोलामा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो।
गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीको पहिचान गरी न्यानो कपडा वितरण गरेको लायन्स क्लब अफ तुलसीपुर इशानका उपाध्यक्ष दिपक केसिले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष रमेश रेग्मिकाे अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतित्थ्यता तथा मा.वि कालाखोलाका प्रधानाध्यापक राजीव ओझाको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको हो।
साे अवसरमा वाेल्दै प्रमुख अतिथि जिसीले ग्रामीण क्षेत्रको विद्यालयमा आएर संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभएको थियाे।
विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझाले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
न्यानो कपडा वितरण कार्यक्रमका संयोजक एकराज देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव केशवराज न्यौपानेले गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।