दाङ । खेम सेन्चुरी र देवी घर्तिको स्वरमा रहेको ‘करिमैले पो के गर्छ काइँला ’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतवार ‘नारायाणी खत्री’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द नेत्र अर्याल कोर्नुभएको हो भने खेम सेन्चुरीको लय रहेको छ। मौसम हिमालीको कथा एवं निर्देशनमा तयार भिडियोमा नायक पल शाह, नारायणी खत्री मुख्य अभिनय रहेको छ ।
भिडियोले सामाजिक कथा, गाउँले जिवनको झल्को देखाउने प्रस्तुत गरेको मोडल खत्रीले बताउनु भयो । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो साथ दिनुभएको छ ।’
सार्वजनिक भएको एक दिनमा युट्युबमा भ्युजको रफ्तार लोभलाग्दो छ। हिजो प्यूठान महोत्सव बाट सार्वजनिक गरेको आजसम्म भिडिओलाई २ लाखभन्दा बढीपटक हेरिएको छ।
सवैजानले माया गरेर यो गीतलाई टिकटकमा र फेसबुक रिल्सको भिडिओ बनाएर सहयोग गर्दिनु भएकोमा मोडेल खत्रीले खुसी समेत व्यक्त गर्नु भएको छ ।
राजेन्द्र अर्याल प्राविधिक प्रमुख रहदा भिडियोको छायांकन नबराज उप्रेती र भिडियो सम्पादन मनोज कार्की गर्नु भएको छ भने स्वस्तिका श्रेष्ठ, खेम नेपाली र सुमिना कार्की लगायतको समेत अभिनय रहेको छ ।
भिडियो ..
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।