दाङ । ‘साली हो वरको छायाँले…’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । आज आइतबार श्री इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
२०५७ सालमा ‘पिपल बोटैमा’ एल्बममा समावेश गरिएको गीतलाई रिमेक गरिएको छ । रिमेक भर्ससनमा गायक श्री चौधरी र बाल गायिक सुरक्षा बाँठा मगरले स्वर दिएका छन् । गीतमा प्रकाश प्रिय कुशुम्याले सङ्गीत दिएका छन् भने आदिम के.सीको रचना रहेको छ ।
मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन रत्गैयाले एरेन्ज गरेका छन् । भिडियो सम्पादनको भोजराज थापाले गरेका छन् ।
२०५७ सालमा सार्वजनिक भएको साली हो वरको छायाँले बालको गीतमा माधव चौधरी ‘अनुरागी’, सालिकराम चौधरी ‘सौगात’ र पवित्रा घर्ती मगरको स्वर रहेको थियो । शब्द रचना आदिम के.सी र सङ्गीत प्रकाशप्रिय कुशुम्याको रहेको छ । रिमा रेकर्डिङमा रेकर्ड भएको गीतलाई सुसेली सङ्गीतले बजारमा ल्याएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।