• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्योतिपुञ्जको ३१औं वार्षिकोत्सव, समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी: न्यौपाने




दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले एक कार्यक्रमको आयोजना गरी आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले शिक्षा क्षेत्रको बिकास नै देशको सवै क्षेत्रको बिकास भएको हुँदा त्यसका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेको बताउनु भएको छ ।
देशमा अहिले पनि २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा रहेको र त्यसले समय सापेक्ष शिक्षाको बिकास गर्न नसकेको बताउनुभयो ।

राज्य सञ्चालकहरुको उदासिनका कारण देशको शिक्षाको बिकास प्राथमिकतामा नपरेको गुनासो गर्दै उहाले देशको बिकासका लागि अव नयाँ शिक्षा ऐन कार्यान्वयनको बिकल्प नभएको बताउनुभयो । शिक्षा क्षेत्रको बिकासका लागि निजी विद्यालयहरुले निकै योगदान गरेको भन्दै सवैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माण लागि लाग्नु पर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रको बिकासका लागि सरकारी र निजी शिक्षा भनेर बिभेदको खाडल सिर्जना गर्नुभन्दा उनीहरुको समन्वयमा परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल शिव भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल ज्योतिपुञ्जले गाउँतहमा शिक्षाको बिकासका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो । अहिले सवै अभिभावकले आफ्ना सन्ततीलाई कसरी राम्रो, समयसापेक्ष शिक्षा दिने भनेर खोजिरहेको अवस्थामा त्यसको परिपूर्ति ज्योतिपुञ्ज स्कुलले गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वलीले प्याब्सन घोराही नगरले आयोजना गर्ने हरेक कार्यक्रममा यस विद्यालयबाट विद्यार्थीहरु सहभागी भई उत्कृट स्थान लिइरहेको हुँदा ८ कक्षासम्म पठन पाठन हुने यस विद्यालय रामपुर क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि अग्रसर भएर लागिपरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारीले विद्यालयले गरेका गतिबिधिलाई समेटेर बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ज्योतिपुञ्ज एजुकेशनल ग्रुपका अध्यक्ष हेमराज शर्माले संस्थागत मन्तव्य राख्नुहुँदै गुणस्तरीय शिक्षाका लागि यस क्षेत्रमा एकमात्र विकल्पका रुपमा यस विद्यालयको संचालन गरिएको हुँदा ढुक्क भई आफ्ना छोराछोरीहरुलाई पठन पाठनका लागि यसै विद्यालयमा पठाउन अनुरोध गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नवचेतना शैक्षिक बोर्डिङ स्कुल रामपुरका बुद्धि धिताल,अभिभावक लक्ष्मण रिजाल, ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी लगायतकाले ज्योतिपूञ्ज नयाँ ब्यवस्थापनका साथ सञ्चालन भएको छोटो समयमै समय सुहाउँदो शिक्षा दिएको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले अघी बढ्न शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयमा आफ्नो छोराछोरीलाई नियमित रुपमा पठाउने, छोराछोरीको गृहकार्यको नियमिततामा ध्यान दिने, अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनका लागि प्रेरित गर्ने, अभिभावक अन्तरक्रियामा नियमित रुपमा सहभागी भइ विद्यालयलाई अमूल्य सल्लाह सुझाव दिनुहुने अभिभावकहरु मध्येवाट वर्ष उत्कृष्ट अभिभावक बिधामा लक्षमण रिजाल, उत्कृष्ट स्वस्थकर खाजा पठाउने अभिभावक बिधामा बिनिता कुमाललाई सम्मान गरिएको छ । यसैगरी विद्यालयमा सबैभन्दा कम विदा लिई नियमित रुपमा विद्यालयमा हाजिर हुने शिक्षक रक्षा भुसाल र लामो समयदेखी कार्यरत कर्मचारी कल्पना चौधरीलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

विद्यालयको ३१ औं वार्षिकोत्सवको अबसरमा अभिभावक बिचमा भएको घैंटा फोड प्रतियोगितामा उत्कृट हुने सिता अधिकारी र शिक्षकहरुबिच भएको घंैटा फोड प्रतियोगितामा उत्कृष्ट हुने सुभेच्छा पौडेललाई पुरस्कार बितरण गरिएको थियो । त्यस्तै गत शैक्षिक बर्षमा कक्षा उत्कृष्ट, वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेल तथा साहीत्यीक कार्यक्रमहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । यसैगरी विद्यालयमा प्रिपाइमेरी तहमा उत्कृष्ट हुने कृञ्जु वली, कक्षा १ देखि ५ सम्म उत्कृष्ट हुने सुसन बस्नेत र कक्षा ६ देखि ८ सम्म उत्कृष्ट हुने सोनिया अधिकारीलाई पुरस्कार बितरण गरिएको थियो ।

यसैगरी बर्ष उत्कृष्ट विद्यार्थी विधामा कक्षा ५ की छात्रा एञ्जल हौजाली, मोस्ट हाइजेनिक विद्यार्थी बिधामा कक्षा ५ की सुजाता सार्की, मोष्ट अनुशासति विद्यार्थी बिधामा कक्षा ६ की निशा सारु मगर,अङ्ग्रेजी भाषा प्रवर्धन गर्ने विद्यार्थी विधामा कक्षा ७ का सन्डेय बुढाथोकी, बर्ष उत्ृकष्ट नियमित हाजिर हुने विद्यार्थी विधामा कक्षा २ की सोया तामाङलाई समेत सम्मान तथा पुरस्कार बितरण गरिएको थियो भने वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार गरेका आर्ट एण्ड क्राफ्टहरुको मूल्याङ्कनमा पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थी समूहहरुलाई पनि नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीका दुइ दर्जन बढी गीत, गजल, कविता, नृत्य, नाटक प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका भाइस प्रिन्सिपल मदन घिमिरेले गर्नुभएको थियो ।

Facebook Comments