• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न




आलोक भावुक 

गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाको प्रथम चौमासिक सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासमा बिहीवार सम्पन्न भएको छ।

गाँउपालिकाले आर्थिक वर्ष २०८१/०८२ श्रावणदेखि कार्तिक महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले प्रथम चौमासिकमा आय अनुमानको २२.७९% आय र वार्षिक अनुमानको १५.९१ % खर्च भएको समष्टिगत रुपमा पालिकाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै संघ संस्था,राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, बेरुजु रकम फर्च्यौट, नदीजन्य पदार्थको चोरी तस्करी रोक्ने बारेमा सुझबुझका साथ सार्थक र उपलब्धि मुलक भए नभएको वारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय समुदायले गाउँपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायबाट जनप्रतिनिधि तथा विषयगत प्रमुखवाट दिईएको थियो ।

गाउँपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशाशकिय कृष्ण प्रसाद पौड्याल, २ नम्बर वडाध्यक्ष भक्तु चौधरी, ३ नम्बर वडाध्यक्ष तुलसीराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरी,५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी त्यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला, महिला समूह, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय अब्दुल अहद सिद्धिकी, चुम्मा ज्ञवाली, जनता माध्यमिक विद्यालय गढवाका विव्यस का अध्यक्ष गणेश कुमार कुमाल, स्थानीय सोनी सिद्धिकी, मुक्त कम्लहरी कार्यक्रम संयोजक ज्ञानु थापा, कोइलाबास मन्दिरका पुजारी हरीहर प्रसाद शर्मा, स्थानीय अनिसुल रहमान, नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठानका पटवारी यादव, स्थानीय अमृता घर्ति मगर, हिमाल महिला बचत तथा ऋण सहकारी संस्थाकी सिता थापा, गढवा उद्योग बाणिज्य संघकी कमला केसी, गढवा होटल ब्यवसायी संघका गोपाल प्रसाद पाण्डे, शिक्षक दिपेन्द्र खड्का लगायतकाले सल्लाह सुझाव तथा आउनेदिनमा के कस्ता कार्यक्रम र कसरी अघि बढ्ने बारे बिचार राख्नु भएको थियो।

गढवा गाउँपालिकाको आयोजना तथा आविष्कार मिडिया प्राइभेट लिमिटेड गढवा-६ गढवाको सहजिकरणमा सम्पन्न भएको हो। गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण आविष्कार मिडिया प्राइभेट लिमिटेड गढवा-६ गढवा दाङका पुष्पा पौडेल,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, युगबोध राष्ट्रिय दैनिकका प्रतिनिधि तथा पत्रकार शिवराज पन्थी, गणतन्त्र नेपाल डटकमकाका कृष्ण पन्थीले गर्नुभएको थियो।

Facebook Comments