दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि प्रकाश स्नेही रसाइलीले अब कांग्रेसले रुख चिन्हभन्दा अन्त भोट नहाल्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिकाले शुक्रबार कमिरेचौरमा आयोजना गरेको सय दिने विषेश अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रसाइलीले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले कुनैपनि चुनाबमा पार्टीले हार वेहोर्न तयार भएपनि कांग्रेसले अब रुख चिन्ह बाहेक अन्त भोट नहाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ। पार्टीभित्र आन्तरिक द्वन्द्व बढेपनि बड्ला तर नेपाली कांग्रेसका कार्यकर्तालाई जन्मेदेखि मृत्यु हुँदासम्म नेपाली कांग्रेसको चारतारे झण्डा समात्ने र रुख चिन्हमा भोट हाल्ने ग्यारेन्टी गर्ने बताउनुभयो । कुनै नेतालाई सत्तामा बस्ने रहर होला कुनै नेतालाई गठबन्धन गरेर धेरै सिट ल्याउने रहर होला तर हाम्रो सिद्धान्त र दृष्टिकोणलाई बाइपास गरेर कुनैपनि हालत गठबन्धन नगर्ने समते उहाँको भनाइ छ ।

सयदिने अभियानको मुख्य उद्देश्य तल्लो तहमा पुगेर कांग्रेसका सुखदुःख बुझ्ने सुखसँग जुद्ने र एक अर्कामा बाड्ने र बाडेको कुरा ग्रहण गर्नुपर्ने नेपाली कांग्रेसका दाङ जिल्ला सभापति शंकरप्रसाद डांगीले बताउनुभयो।
सभापति डांगीले यस्ता किसिमको कार्यक्रमले यहाँको संगठनमा निर्माणमा महत्त्वपूर्ण योगदान पुग्छ र उत्साह थाप्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशको सहमहामन्त्री खगराज पाण्डेले अब युवा पुस्ताका नेता तथा कार्यकर्ताले त्याग र पुरानो नेतालाई सम्मान गर्नुपर्ने बताउनुका साथै सम्पूर्ण कांग्रेस कार्यकर्तालाई एकजुट हुन आग्रह गर्नुभएको थियो ।
संविधान सभा सदस्य अनिता देबकोटाले संगठन चुस्त दुरुस्त र कांग्रेस बलियो बनाएर ८४ मा रुखमामात्र भोट हाल्ने बाताबरण बाउन यो सयदिने अभियान सुरु गरेको समेत बताउनुभयो । उहाँले पार्टीभित्र मतभेत हुनु भनेको कांग्रेस लोकतान्त्रिक पार्टी भएर भएको बताउनुभयो।
यहीँ नेतृत्वमा रह्यो भयो भने ८४ मा फेरि गठबन्धन हुने भएको हुँदा वडा तहदेखिका कार्यकर्ताले नेतृत्वलाई औला उठाए मात्र गठबन्धन नहुने महासमिति सदस्य किरण किशोर घिमिरेले बताउनुभयो ।
पार्टीको आन्तरिकमा गुटबन्दी भएपनि प्रतिपक्षसँग भिड्दा संगठन बलियो बनाउदै हामी एक ढिक्का भएर लाग्नु पर्ने पुर्व जिल्ला सभापति बिकेश्वरी गौतमले बताउनभयो।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले जनप्रतिनिधि भन्दा पार्टीमाथि रहेको भन्दै पार्टीको निर्देशन पालना गर्दै जनताको आवश्यकता अनुसार काम गरेको बताउनुभयो ।
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारी सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीको प्रमुख आतिथ्यतामा भएको थियो ।
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका उपसभापति इन्द्रमणि ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बलदेव मल्लले गर्नु भएको थियो ।
एमाले परित्याग गरी कांग्रेसमा प्रवेश
त्यस्तै बंगलाचुलीमा नेकपा एमाले परित्याग गरी लोक बहादुर पुन, खिम बहादुर घर्ती , अन बहादुर पुन र बालाराम घर्ती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उक्त नवप्रवेसीलाई केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले टीका माला र सदस्य प्रदान गरेर स्वागत गर्नु भएको थियो ।


फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।