घोराही । दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्सा शिक्षा पढ्न जनही ३ लाख र ५ लाख रुपैयाँ छात्रवृत्ति दिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत एकमुस्ट ५ लाख र इन्जिनियर पढ्नेलाई एकमुस्ट ३ लाख रुपैयाँ प्रदान गर्नेबारे उपमहानगरले सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ । त्यस्ता विद्यार्थीले ८ पुसदेखि ८ माघसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।
यो सुविधा पाउने विद्यार्थीले एसईई तथा प्लस टु सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।