घोराही । दाङमा बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका–१० निवासी मोटरसाइकल चालक ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाका अनुसार दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
बस पनि अनियन्त्रित भइ पल्टिएको छ । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।