घोराही । घोराही -१४ झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लब अफ घोराही अम्बिकेश्वरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । क्याम्पसमा आयोजना गरिएको रक्तदान कार्यक्रममा क्याम्पसका ३ जना प्राध्यापक र क्याम्पसमा अध्ययनरत ४३ जना विद्यार्थीगरी ४५ जानाले रक्तदान गरेका छन् । जसअन्तर्गत क्याम्पसका प्राध्यापक तथा इञ्जिनियर सनि खनाल र पवन अधिकारी, क्याम्पसका प्राध्यापक लायन नवराज बस्यालले रक्दान गरेका हुन् भने क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु ओमप्रकाश डाँगी, मनिषा आचार्य, आरती रानामगर,आयाम डिसी, किरण पोख्रेल, अजय खड्का, हेमराज कालाथोकी, सौरव भट्ट, निवेष खनाल, भावना बिएम, रितेश निरौला, पूर्णिमा घर्तीमगर, प्रन्जल शर्मा, गौतम बोहरा,किरण पौडेल, निशान भट्ट, रोहित वली,प्रदीप पुनमगर,सन्दीप रेग्मी, नविन ज्ञवाली, अनुप कवँर, निविशा खनाल, जानकी जिएम, निश्चल रोकामगर, सन्जिता डाँगी, पुष्पा योगी, बिजेन्द्र कार्की, सौगात पुनमगर, गौरव भट्ट, ज्योति वली, शुभेच्छा चौधरी, बासना पोख्रेल, दिनिसा रेग्मी, सागर बेल्बासे, पृथ्वी कवंर, अभिषेक अधिकारी, मोहम्मद नासिर, सोहिल यादवलगायतले रक्तदान गरेका थिए ।
लाइन्स क्लब अफ घोराही अम्बिकेश्वरीका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले रक्त दान लाइन्स क्लबको प्रमुख कार्य भएको बताए । उनले किशोरकिशोरी १८ वर्ष पुगेसँगै रक्तदान गर्न सुरु गर्नुपर्ने र ६० वर्षमाथिका व्यक्ति रक्तदान गर्न नमिल्ने भन्दै एउटा स्वस्थ पुरुषले पत्येक ३/३ महिनामा रक्तदान गर्न सक्ने उनको जोड थियो । जिल्लामा रगत अभाव हुन नदिनका लागि विद्यालय, क्याम्पस तथा कलेजहरुमा रक्तदानका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
घोराही उपमहानगरपलिका-१४ का वडाध्यक्ष भानसिं बुढाथोकीले यो क्याम्पसले विगतदेखि नै समाजलाई सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्दै आइरहेको बताए । उनले मानिसको जीवन जोगाउनका लागि आयोजना गरिएको यो रक्तदान कार्यक्रमले कसैलेको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकोहुँदा यस्ता सकारात्मक सन्देश आम नागरिकहरुमा समेत पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
क्लबका संस्थापाक अध्यक्ष लवसिंह अधिकारीले लाइन्स क्लब नितान्त सामाजिक सेवा गर्ने संस्था भएको र यो संस्थाले अहिले विश्व २ सय १० देशमा रहेर सामाजिक कार्य गर्दै आइरहेको बताए । रक्तदान नै जीवन दान भएको हुँदा सबैजना रक्तदान कार्यक्रममा उत्साह ढंगले सहभागी भएर रक्तदान गर्नुपर्ने उनको जोड थियो ।
रक्त सञ्चार घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले दाङ जिल्लामा दशैं तिहारपछि रगतको अभाव हुँदै गएको बताए । हाम्रो शरीर स्वत: खेर जाने रगतलाई दान दियो भने कसैको जीवन बचाउ सकिने हुँदा रक्तदान कार्यमा सहभागी हुनुपर्नमा उनको जोड थियो ।
क्लबका तृतीय उपाध्यक्ष शिशिर सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण क्याम्पसका प्राध्यापक बसन्तप्रसाद रिजाले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।