दिनेश रैदास
दाङ । अखिल (छैठौं) ले दाङ जिल्लामा तीन महिने अभियान सुरु गरेको छ ।‘निराशा, पलायन र लागू औषध दुव्र्यसनी विरुद्धको अभियान भन्ने नारा सहित पुस, माघ र फाल्गुन मसान्तसम्मको अभियान थालेको हो ।
अभियानको राप्ती बबई क्याम्पस तुलसीपुरबाट उद्घाटन गरिएको छ। सो क्रममा क्याम्पसमा अखिल (छैठौं) ले संगठन विस्तारसमेत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का जिल्ला अध्यक्ष सेवक भट्टर्राईले विद्यार्थीहरुको हक अधिकार प्राप्ति, शैक्षिक विकृति तथा राष्ट्रघातविरुद्ध विद्यार्थी र जनताका बिचमै रहेर संघर्ष गर्ने संगठन अखिल (छैठौं) मात्रै रहेको बताउनु भयो । त्यसैगरी राजमो दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले पनि सम्बोधन गर्नु भएको थियो।
मनिसा भण्डारीकोे अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको हो । उपाध्यक्ष प्रतिज्ञा भण्डारी, सचिव तुलसीराम भण्डारी, काेषाध्यक्ष निर्मला विश्वकर्मा चयन हुनु भएको छ। त्यसैगरी सदस्यमा आकृति भण्डारी, सभ्यता भुसाल, प्रिती शाह, मनिसा रेग्मी, सृष्टि श्रेष्ठ, भावना डाँगी, एलिना भण्डारी, जमुना ओलि, एलिसा ओली, देवराज विश्वकर्मा, खींमा सिंजाली, लक्ष्मी केसी, नरेन्द्र ओली, जनक यरी, प्रेम चलाउने, बसन्ता वाग्ले, आज्ञा हमाल, रीचा भण्डारी, सुबास रिजाल, मोहन रोकाया र सुबाश धिताल रहनु भएको छ।
अखिल (छैंठौ) दाङ प्युठान सम्पर्क समितिका अध्यक्ष बसन्तराज गोराथोकी कोे उपस्थिती रहेकाे थियो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) दाङ जिल्ला कोसाध्यक्ष तुलसीराम भण्डारीकोे अध्यक्षता, मनिसा भण्डारीकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकोे सञ्चालन अखिल छैंठौ दाङ्ग जिल्ला सचिव दिनेश रैदासले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।