घोराही । दाङको घोराही -१७ चौघेरास्थित गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयले आफ्नो ५२ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले सोमबार एक कार्यक्रमकाबीच आफ्नो ५२ औँ वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा प्रमुख आतिथी खनालले असल मानव बनाउन असल संस्कारको आवश्यकता रहेको भन्दै असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताउनुभयो । उहाँले पहिलो पाठशाला भनेकै आफ्नो घर र त्यसपछि विद्यालय भएकाले संस्कार घरबाट पनि सुरु गराउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षक शुष्मा रावत क्षेत्रीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विशिष्ट अतिथि शिक्षा विकास महाशाखा प्रमुख नारायण पौडेल, अतिथिहरु घोराही १७ का अध्यक्ष रामलौटन चौधरी, निवर्तमान वडा अध्यक्ष खुशीराम चौधरी, शिक्षक अभिवावक संघका अध्यक्ष उमानन्द खनाल, प्रावि क्वाडिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेमन्ता पुन, मावि चौघेरका विव्यस पुर्व अध्यक्ष अशोक कुमार घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चालन सहायक प्रधानाध्यापक सुमन पौडेलले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।