गोविन्द खड्का
घोराही। नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगर कमिटीले नवनिर्वाचित वडा पदाधिकारीहरुलाई सम्मान गरेकोछ।
नगर अध्यक्ष खिमबहादुर चौधरी अटलको अध्यक्षता एवं पार्टीका केन्द्रिय सदस्य हेमराज शर्मा डाइमण्डको प्रमुख आतिथ्यमा आइतवार घोराहीमा बधाई तथा शुभकामना कार्यक्रम भएको थियो ।
‘सबैले देख्न, बुझन र स्विकार्न सक्ने पार्टी जबरजस्त निर्माण गर्नुस्’, प्रमुख अतिथि शर्माले भन्नुभयो, ‘वडा पार्टी सफल हुन सक्यो राजनीतिक रुपमा स्थापित हुन सकेपछि मात्रै प्रतिपक्षलाई विस्थापित गर्न सकिन्छ ।’ उहाँकाअनुसार वडा भन्दा माथिल्ला कमिटिले सहयोगीका रुपमा मात्रै काम गर्ने हो । कार्यकारी तह वडा हो । गणतन्त्र माओवादीले स्थापना गरेको व्यवस्था हो । कहिँ डराउनुपर्ने, दपसमा रहनु पर्ने र हिच्कीचाउनुपर्ने कारणै छैन। परिवर्तकारी शक्ति हामि हो भनेर पार्टीलाई स्थापित गर्नुपर्छ । मानिस भएका सबै ठाउँमा पुग्नुपर्छ ।
यसैगरी अर्का केन्द्रिय सदस्य भिमकुमारी बुढाले पार्टीको हितका लागि नेताले आफ्ना स्वार्थ त्याग्नुपर्ने वताउनुभयो । ‘गुट र षड्यन्त्रले छुनै नसक्ने पार्टी निर्माण गर्नुस्’ वहाँले भन्नुभयो, ‘निराशा हुने त कुरै भइन अलमल नगरी अघि बढ्नुस।’ उहाँका अनुसार सबै वडामा अधिवेशन गरेर एउटा उचाई हासिल गरीएको छ। पार्टीलाई अर्को उचाईमा लग्न कामको चरणमा प्रवेश गर्नुछ। त्यसमा पनि महत्वपुर्ण भूमिका वडा पार्टीकै हुन्छ। उसले निर्धक्क काम गर्न पाउनुपर्छ।
यसैगरी घोराही नगर इन्चार्ज तुलसी डाँगी मिलनले नव निर्वाचित वडा पदाधिकारीले जनसम्वन्ध विस्तारगरी हरेक प्रतिस्पर्धाको परीक्षामा उत्तिर्ण गराउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो। ‘वन, विद्यालय, खानेपानी कुलो सिँचाई हरेक ठाउँमा हार्ने छुट छैन’ नगर इन्चार्ज मिलनले भन्नुभयो, ‘अवश्य जित्छौ र जित्ने प्रयास गछौा । किन भने हामि सित विचार छ ।’ उहाँले नेताको वरीपरी घुमेर पार्टी कमजोर बनाउने अधिकार कसैलाई नभएको वताउनुभायो। पार्टी बनाउने हो । पार्टीको निर्माणको अभियानमा आफ्नाजिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्नुपर्छ ।
सो अवसरमा घोराही उपमहानगरपालिकाका १९ वटै वडाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई अबिर मालाले सम्मान गरीएको थियो । यसैगरी नगरपार्टीको भैलोमा सहयोग गर्ने सीरीया चौधरी, दाङ महिला जेसीज वर्ष २०२५ का लागि कार्यकारी उपाध्यक्षपदमा निर्वाचित लक्ष्मी चौधरी घमाल र त्रिभुवन नगर जेसीज वर्ष २०२५ का लागि कार्यकारी उपाध्यक्ष पदमा निर्वाचित हिमाल पौडेललाई पनि माला लगाएर सम्मान गरीएको थियो ।
नगरपार्टीले निकट भविश्यमा सम्पन्न हुन लागेको नगर अधिवेशनको तयारी गर्न निर्देशन गरेको छ । पुस १० भित्र सबै तयारी पुरा गर्न भनेको छ । वडा अधिवेशनले जग खडा गरेको नेताहरुले बताए । अहिले हालेको जगलाई पुर्णता दिन पदिय भुमिका र निष्ठाका साथ अघि बढ्नपर्ने भनाई थियो । कार्यक्रममा स्वागत नगर उपाध्यक्ष साकार थारुले र सञ्चालन सचिव वसन्त चौधरीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।