• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पूर्वराजा ज्ञानेन्द्र शाह दाङमा




दाङ। पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार दाङमा आएका छन्।

शनिबार उनी आफ्नी श्रीमती कोमल र छोरी प्रेरणासँग तुलसीपुर पुगेका हुन्। तुलसीपुरमा वीरेन्द्र चोकमा रहेको आफ्ना दाजु वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका छन्।

होटेल वेष्टर्न प्यालेसको प्राङगणमा उपस्थित सर्वसाधारणदेखि शुभचिन्तकहरूसँग ज्ञानेन्द्रले भेटघाट गरेका थिए। पूर्वराजा तुलसीपुरमा आउँदा उनका समर्थकहरू भेला भएर नाराबाजी समेत गरेका थिए।

शनिबार नै उनीहरू घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डबेश्वर महादेव मन्दिरमा पुगेर पुजा गरेका थिए। केही वर्ष पहिले पाण्डेश्वर मन्दिर परिसरमा विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको थियो। धारापानी मन्दिरमा पूजा आराधान पछि पूर्वराजा ज्ञानेन्द्र घोराही हुँदै लमही गएका छन ।

पूर्वराजा ज्ञानेन्द्र दाङमा आउँदा त्यसको व्यवस्थापन गर्ने जिम्मा पूर्व सांसद गंगा चौधरीले लिएकी थिइन्। उनी जिल्ला सवारी संयोजक तोकिएकी थिइन्।

Facebook Comments