दाङ । घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यामिक विद्यालय सौडियारमा हुन लागेको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को तयारी पूरा भएको छ ।
महायज्ञ मुल आयोजक समितिले विहीवार पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर २१ गतेदेखि हुन थालेको महायज्ञको तयारीका बारेमा जानकारी गराएको हो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि मंसिर २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन थालेको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को सम्पूर्ण तयारी पूरा भएको विद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले जानकारी दिनुभयो ।
श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञलाई व्यापक र भव्य बनाउनका लागि विशिष्ट व्यक्तिहरुलाई पत्राचारसँगै आमन्त्रण गरिएको र उद्घाटन पूर्व वृहत ¥याली समेत गरिने भएको मुल आयोजक समितिका संयोजक भट्टराईले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टराईका अनुसार महायज्ञलाई व्यापक बनाउनका लागि गठन भएका बिभिन्न २८ उपसमितिले जिम्मेवारी पूर्वक काम गरिरहेका छन् ।
यमहायज्ञबाट संकलन भएको पैसाले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने विद्यालयले जनाएको छ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय रहनुभएको छ । यस प्रकारको पुण्य कार्यबाट विद्यालयको बृहत्तर बिकासको लागि आर्थिक संकलनको साथसाथै यस क्षेत्रमा सामाजिक सांस्कृतिक जस्ता रितिरीवाजको संरक्षणमा समेत टेवा पुग्ने आयोजकले बताएको छ ।
त्यस्तै दाता पहिचान संयोजक भुपबहादुर डाँगीले शैक्षिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महायज्ञलाई सहयोग गर्न सवँैसँग आग्रह गर्नुभएको छ । साथै उँहाले कार्य ब्यस्तताका कारण भौतिक रुपमा सफल हुन नसक्ने दाताहरुको लागि मुल आयोजक समितिको बैंक खाताबाट पनि महायज्ञमा दान गर्ने ब्यबस्था मिलाइएको बताउनुभयो ।
महायज्ञ उद्धटन हुनु अगावै घोराही–७ बेसाही निवासी भुपबहादुर शाहले खाद्यान्नलगायतका सामग्री दान गर्नुभएको छ । उँहाले १ कट्टा चामल, १ लम्बरी आलु, ५ किलो नुन, साग र ५ लिटर खाने तेल महायज्ञलाई सहयोग गर्नुभएको हो ।
महायज्ञको उद्धाटन मन्त्री चौधरीले गर्ने
माध्यामिक विद्यालय सौडियारको बृहत्तर विकास तथा भौतिक सुधारको लागि आयोजना हुन लागेको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ उद्घाटन लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री सीता चौधरीले गर्नुहुने भएको छ । मन्त्री चौधरीले शुक्रवार दिउँसो १ बजे महायज्ञको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
महायज्ञ उद्घाटन पूर्व विहान ११ बजेदेखि विद्यालयबाट ¥याली सुरु हुने र बेसाहीसम्म पुगेर १ बजे पुनः यज्ञ स्थालमा पुगेर औपचारीक कार्यक्रमको उद्धटन गरिने भएको हो । उद्घाटन समारोहमा उपस्थितिको लागि आयोजकले सम्पूर्णमा र्हािक अनुरोध गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।