घोराही । दाङको घोराही -१६ सानीअम्बापुरस्थित राप्ती इन्जिनिरिङ कलेजले आफ्नो कलेजमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कलेजले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजनागरी स्नातक तहका ४ वर्षे बिबिए, बिसिए, बिई कम्प्युटर,बिई सिभिल प्रथम सेमेष्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कलेजको कार्यकारी निर्देशक डाक्टर शैलेन्द्र गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका कार्यबहाक नगर प्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले अबको युगमा प्राविधिक र व्यवस्थापन सीपमा दक्ष हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको व्यक्तित्व एवं नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरी, निर्देशक मधुसुदन बैद्य, प्रन्सिपल रेशम गीरीले कलेजले गर्दै आएका सफलताको चर्चा गर्दै विद्यार्थी लगनशील भएर अतिरिक्त क्रियाकलापहरुमा जोड दिँदै आफ्नो सीपको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण विद्यार्थी गीता केसी र हेमन्त बस्नेतले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।