आलोक भावुक
गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकामा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी एकदिने जानकारी मुलक गोष्ठी सम्पन्न भएको छ।
गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षतामा भएको गोष्ठीमा गढवा गाउँपालिकामा रहेका अपाङ्गता भएका ४१ जना व्यक्तिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ की वडासदस्य निर्मला परियार, अपाङ्गता मानवअधिकार तथा सरोकार मञ्च घोराही दाङका सदस्य तुल्सीराम ओली, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा अपाङ्गता भएकाहरुको अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी गढवा गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।