शिवु खनाल
देउखुरी। लायन्स क्लव अफ लमहीको आयोजना एवं महिला पतञ्जलि योग जिल्ला समिति दाङ, पतञ्जलि योग लमही नगर समिति, महिला पतञ्जलि योग लमही नगर समितिको सह–आयोजनामा पाँचदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ।
मंसिर १९ गते देखि २३ गतेसम्म लमहीको सार्वजनिक बगैँचामा स्थित बहान ६ः०० देखि ४ः३० बजेदेखि ६ः३० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गरौँ योग, रहौँ निरोग सामाजिक सेवाको मुल मन्त्रलाई आत्मसाथ गर्दै, आयोजित शिविरमा पतञ्जलि योग युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहनुहुने पत्रकार सम्मेलनमा लायन्स क्लव अफ लमहीका अध्यक्ष सहना श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उहाँले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको उहाँले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाललगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यताप्राप्त गरेको लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाले जानकारी दिनुभयो । शिविरमा दैनिक ५०० भन्दाबढीको सहभागिता रहने अपेक्षा छ । विद्यालय तहमा योग र संस्कृत शिक्षालाई अनिवार्य गरेर चर्चामा आएको लायन्स क्लव अफ लमहीले लमहीको सार्वजनिक बगैँचा र लमही नगरपालिका नगर क्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा निःशुल्क योग शिविर संचालन गर्न लागेको अध्यक्ष सहना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस अवसरमा शिक्षक विद्यार्थी, राजनीतिकर्मी, नगर कार्यापालिकाका पदाधिकारी, कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज तथा योग प्रेमीसमेत योग शिविरमा तीन हजार बढीको सहभागिता हुने अपेक्षा गरिएको लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाले जानकारी दिनुभयो।
योग समिततिले लमहीको सार्वजनिक बगैँचा र विद्यालयमा विगतदेखि प्रत्येक दिन बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म नियमित योग अभ्यास गराउदँै आएको छ । नियमित अभ्यासको समापनपछि नवौँ विश्व योग दिवसको उद्घाटन गरिने नगरपालिकाको तालिका छ । करिब तीन घण्टा लामो योग कार्यक्रमलाई अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार तीन चरणमा विभाजन गरिएको छ । यसैको आभास गराउन सहभागीलाई पहिलो चरणमा विभिन्न आसनको अभ्यास गराइने तालिका मिलाइएको लायन्स क्लव अफ लमहीका सचेतक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा पाँच सक्षम व्यायाम र अन्त्यमा पाँच प्रकारका प्रणायामको अभ्यास गराइने छ।
करिब तीन घण्टा लामो योग शिविरमा कपालभाती, अनुलोम विलोम, भ्रामरी, शीतलीलगाएतका अभ्यासका साथै त्रिकोणासन, ताडासन, भद्रासन, वज्रासन लगायतका जीवनोपयोगी आसनको प्रशिक्षणका साथै भावपूर्ण प्रार्थनाको समेत अभ्यास गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि पतंञ्जली योग लुम्बिनी प्रदेश प्रभारी (अध्यक्ष) प्रेस शाह, पतंञ्जली योग युवा नेपाल समितिको राष्ट्रिय योग शिक्षक नवराज खत्री, पतंञ्जली योग दाङ जिल्ला प्रभारी (अध्यक्ष) उदय डाँगी र पतंञ्जली योग लुम्बिनी प्रदेश प्रशिक्षक विभाग प्रमुख दिपक बस्याल योग गुरुले यसको अभ्यास गराउनुहुने भएकाले यसप्रति सर्वसाधारणको उत्सुकता र आकर्षण बढेको बताउनुभयो।
त्यसैगरी लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाका अनुुसार योग गुरुले आसन र प्राणायामको परिचय, त्यसबाट हुने फाइदा र अभ्यासका तरिकाबारे प्रयोगात्मक ढङ्गले प्रशिक्षण दिनुहुने भएकोले पहिलोपटक हुन लागेको वृहत् योग शिविरमा सबैको सहभागिताका लागि आग्रह गर्नुभयो । “शरीर, मन, बुद्धि र आत्मशुद्धिका लागि अपरिहार्य मानिएको योगाभ्यासलाई जनस्तरसम्म फैलाउने उद्देश्यले लायन्स क्वल अफ लमहीले निःशुल्क योग शिविर आयोजन गर्न लागेको हो, लायन्स क्लव अफ लमहीका प्रतिवेदन अधिकारी गायत्री थापाले भन्नुभयो,– ‘यसका लागि सबैको साथ, सहयोग र शुभेच्छा र सहभागिताका लागि आग्रह गर्दछु।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।